कसरी चिन्ने योग्य उम्मेदवार ?

लोकतान्त्रिक पद्दतिमा महŒवपूर्ण राजनीतिक निर्णय गर्ने आधार निर्वाचन नै हो । राष्ट्रको सर्वांगिण विकासका लागि देशभर आगामी २१ फागुनका दिन प्रतिनिधिसभा निर्वाचन हुँदै छ । मुलुक निर्वाचनको महाकुम्भमा होमिएको अवस्थामा स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण हुनु जरुरी छ । अब देशको राजनीतिक अवस्थालाई निश्चित धारमा पु¥याउन अबको निर्वाचनमा योग्य उम्मेदवार छान्ने दायिŒव नेपाली नागरिकको का“धमा आएको छ । लोकतान्त्रिक प्रणालीमा प्रतिनिधिसभा निर्वाचन महŒवपूर्ण कडी हो । यस निर्वाचनले देशको संसद्ीय शासन प्रणालीको आधार तय गर्दछ । वर्तमान संविधानअनुसार प्रतिनिधिसभा नेपालको संघीय संसद््को तल्लो सदन हो । जसमा २७५ सदस्य निर्वाचित हुन्छन् । यसमध्ये १६५ जना पहिलो चरण निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चुनिन्छन् । तर, यस्तो निर्वाचनमा योग्य उम्मेदवार खोजी नै सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील पक्ष हो ।

योग्य उम्मेदवार भनेको के हो ? कसरी चिन्ने–खोज्ने ? कस्ता मापदण्ड र प्रक्रिया अपनाउने ? यी प्रश्नले निर्वाचनको सफलता र लोकतन्त्रको गुणस्तर निर्धारण गर्दछन् । प्रतिनिधिसभा निर्वाचनका लागि योग्य उम्मेदवार खोजी विषय विस्तृत रूपमा बुझ्न जरुरी छ । लोकतन्त्रको सफलता र देश विकासका लागि संसद्को भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ । संघीय संसद्को अहम् सदन प्रतिनिधिसभा देशको मुख्य विधायिका हो । यसका सदस्य (सांसद) जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित भएका हुन्छन् । त्यसैले यी सांसदको गुणस्तर, क्षमता र इमानदारीमाथि नै देशको भविष्य निर्भर गर्दछ । प्रतिनिधिसभा निर्वाचन केन्द्रबिन्दु बनाई योग्य उम्मेदवार खोज्नु राजनीतिक दलले टिकट बाँड्ने कार्यमात्र होइन, समग्ररूपमा जिम्मेवार, सक्षम र जवाफदेह संसदीय प्रतिनिधित्व निर्माण प्रक्रिया हो । यस प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, मिडिया र सामान्य नागरिकसमेतको भूमिका रहन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा योग्य उम्मेदवार छनोट लोकतन्त्र मेरुदण्ड पनि हो । उम्मेदवारले कानूनी योग्यतामात्र नभई सामाजिक, नैतिक र राजनीतिक दृष्टिले पनि सक्षम हुनुपर्छ । दलहरूले पारदर्शी प्रक्रिया अपनाएर जनविश्वास जित्ने उम्मेदवारलाई अघि सार्दामात्र लोकतन्त्र सबल हुन्छ । मुलुकमा निर्वाचन आयोगले उम्मेदवार दर्ता र योग्यता प्रमाणीकरणको जिम्मेवारी सम्हाल्छ । तर, योग्य उम्मेदवार खोजी भने राजनीतिक दल, नागरिक समाज र मतदाताको साझा दायिŒव हो ।

नेपालको संविधान २०७२ को धारा ८६ ले प्रतिनिधिसभा गठन र सदस्यको योग्यता उल्लेख गरेको छ । तर, वास्तविक चुनौती कानुनी योग्यताबाहिरको नैतिक, व्यावहारिक र दक्षतासम्बन्धी मापदण्ड हुन् । जुन विगतका निर्वाचन २०७४ र २०७९ मा देखिएझैं उम्मेदवार छनोटमा गुटबन्दी, पैसाको प्रभाव र अपराधीकरणजस्ता समस्या उर्लिएका थिए । त्यसकारणयोग्य उम्मेदवार खोजी प्रक्रिया सुधार्न आवश्यक छ । संसदीय लोकतन्त्रमा प्रतिनिधिसभा शक्तिशाली र महŒवपूर्ण अंग हो । नीति निर्माण, कानुन तर्जुमा र सरकारलाई उत्तरदायी बनाउने मुख्य जिम्मेवारी यसै सभाको काँधमा हुन्छ । त्यसैले प्रतिनिधिसभाका लागि योग्य उम्मेदवार खोजी राजनीतिक प्रक्रियामात्र नभई राष्ट्रको भविष्य निर्धारणको आधारभूत कार्य पनि हो ।

नेपालको संविधान २०७२ को धारा ८६ ले प्रतिनिधिसभा गठन र सदस्यको योग्यता उल्लेख गरेको छ । तर, वास्तविक चुनौती कानुनी योग्यताबाहिरको नैतिक, व्यावहारिक र दक्षतासम्बन्धी मापदण्ड हुन् । जुन विगतका निर्वाचन २०७४ र २०७९ मा देखिएझैं उम्मेदवार छनोटमा गुटबन्दी, पैसाको प्रभाव र अपराधीकरणजस्ता समस्या उर्लिएका थिए । त्यसकारणयोग्य उम्मेदवार खोजी प्रक्रिया सुधार्न आवश्यक छ । संसदीय लोकतन्त्रमा प्रतिनिधिसभा शक्तिशाली र महŒवपूर्ण अंग हो ।

नेपालको संविधान र निर्वाचनसम्बन्धी ऐनले उम्मेदवारका लागि स्पष्ट कानुनी योग्यता निर्धारण गरेका छन् । जुन नेपालको संविधानको धारा ८७ अनुसार प्रतिनिधिसभा सदस्य हुन योग्यता पुग्नुपर्ने व्यवस्था संविधानमा गरिएको छ । जसमा पहिलोमा नेपाली नागरिकता प्राप्त व्यक्ति हुनुपर्ने, निर्वाचन हुँदाको मितिमा २५ वर्ष उमेर पुगेको हुनुपर्ने, नाम लेखिएको नाम वा मतदाता नामावलीमा नाम रहेको हुनुपर्छ, सजाय काटिसकेको वा मुद्दा विचाराधीन नरहेको हुनुपर्छ (राजनीतिक अपराधबाहेक), सरकारी पद वा लाभको पदमा नरहेको हुनुपर्छ र ऋण तिरिसकेको वा अदालतबाट मुक्त भएको हुनुपर्छ । यसरी नै समानुपातिकतर्फका उम्मेदवारका लागि थप मापदण्ड रहेका छन् । जसमा निर्वाचन ऐन २०७४ को दफा २४० ले उम्मेदवार दर्ताका लागि शपथपत्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसमा सम्पत्ति विवरण, शिक्षा, आपराधिक रेकर्ड र विवाह दर्ता उल्लेख गर्नुपर्छ । तर, यो कानुनी योग्यतामात्र हो, वास्तविक योग्यता यसभन्दा माथिको हो ।

२०७९ को निर्वाचनमा १० हजारभन्दा बढी उम्मेदवार दर्ता भएका थिए, जसमध्ये धेरैजसो कानुनी रूपमा योग्य थिए तर राजनीतिक वा नैतिक रूपमा विवादास्पद थिए । यी मापदण्ड पूरा गरे पनि उम्मेदवार खोजीमा राजनीतिक दलको भूमिका निर्णायक हुन्छ । नेपालमा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्रजस्ता ठूला दल आन्तरिक प्रक्रियाबाट उम्मेदवार छनोट गर्छन् । यो प्रक्रिया पारदर्शी नहुँदा योग्य व्यक्ति पछि पर्छन् ।

राजनीतिक दल नै योग्य उम्मेदवार खोजीको प्राथमिक थलो हुन् । नेपालमा प्रचलित प्रणालीअनुसार प्रत्यक्षतर्फका उम्मेदवार केन्द्रीय समितिबाट सर्वसम्मत् वा मतदानबाट छानिन्छन् । समानुपातिक सूची बनाउँदा लैंगिक समावेशीकरण (३३ प्रतिशत महिला), जातीय प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई प्राथमिकता दिइन्छ । यसरी योग्य उम्मेदवार खोजीमा राजनीतिक दलमात्र सीमित छैनन् । यसमा खासगरी नागरिक समाज, सञ्चारमाध्यम र मतदाताको सक्रियताले यसलाई प्रभावकारी बनाउँछ । नेपालमा ‘हेल्प नेपाल’जस्ता संस्था उम्मेदवार ‘ट्रयाकिङ एप्स’ र रिपोर्ट जारी गर्छन् । जबकी २०७९ सालमा उम्मेदवार डाटाबेसमार्फत ५ हजारभन्दा बढी उम्मेदवारको ‘प्रोफाइल’ विश्लेषण गरियो । जसमा सञ्चारमाध्यम डिबेट, अन्तर्वार्ता र ‘फ्याक्ट चेक’मार्फत योग्यता परीक्षण गर्छन् । टेलिभिजनका विभिन्न बहस कार्यक्रमले उम्मेदवारका दृष्टिकोण उजागर गर्छन् । मतदाता सामाजिक सञ्जालमार्फत् ‘क्याम्पियन चलाउँछन् ।

हाम्रो देशमा प्रतिनिधिसभा निर्वाचनका लागि योग्य उम्मेदवार खोजी कुनै एक पक्षको जिम्मेवारीमात्र होइन । यो लोकतान्त्रिक व्यवस्थाको सामूहिक दायिŒव पनि हो । राजनीतिक दलले आफ्ना छवि र देशहितमा योग्य उम्मेदवार छनोट गर्न आन्तरिक लोकतन्त्र कायम गर्नुपर्छ । निर्वाचन आयोगले नियमकर्ताको रूपमा कडाई बन्नुपर्छ । जसले गर्दा मिडिया र नागरिक समाजले ‘वाचडग’को भूमिका निभाउनुपर्छ । तर, सबैभन्दा महŒवपूर्ण, साधारण नागरिकले आफ्नो मतलाई रत्तिको तोल सम्झनुपर्छ । जसमा भावनामा, जातियतामा, क्षणिक लाभमा वा परम्परागत आस्थामा मतदान गर्नु हुँदैन । उम्मेदवारको चरित्र, योग्यता, दृष्टिकोण र सेवाको इतिहासलाई प्राथमिकता दिनुपर्छ ।

यदि हामीले योग्य उम्मेदवार छनोट गर्न सक्यौं भने त्यो नै लोकतन्त्र र देशको भविष्यका लागि सबैभन्दा ठूलो लगानी हुनेछ । संसद्मा बस्ने व्यक्तिले नै देशको नीति, कानुन र बजेट निर्धारण गर्छन् । उनीहरूका हातमा नै देशको नियति हुन्छ । त्यसैले, साधारण सांसद भएको देश असाधारण हुँदैन । जसरी छनोट गर्दा योग्य, चरित्रवान, दूरृष्टि सम्पन्न र इमानदार सांसदको संसद् नै नेपाललाई समृद्ध, न्यायपूर्ण र शान्तिपूर्ण राष्ट्र बनाउन सक्छ । यसैलाई नै योग्य उम्मेदवार खोजी भन्ने यो कार्यलाई राष्ट्रिय अभियानका रूपमा लिने समय आइसकेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि योग्य उम्मेदवार खोजी निरन्तर प्रक्रिया पनि हो । कानुनी योग्यताबाट सुरु भई नैतिक, व्यावहारिक र दक्षता–आधारित मापदण्डसम्म पुग्नुपर्छ । मूलतः प्रतिनिधिसभा राष्ट्रको ऐना हो । यसमा कस्ता व्यक्ति पुग्छन् ? भन्नेले नै आगामी पा“च वर्षको देशको दिशा र दशा तय गर्दछ । त्यसैले राजनीतिक दलले जित्ने उम्मेदवारभन्दा पनि ‘जसले जिते देशले जित्छ’ भन्ने भावनासाथ योग्य पात्र खोजी गर्नुपर्छ ।

व्यवहारिक चुनौती धेरै छन् । यदि दल र आयोगले सुधार गरे भने गुणस्तरीय नेतृत्व सम्भव छ । आसन्न प्रतिनिधिसभा निर्वाचन यसको परीक्षा हुनेछ । जनताले योग्य उम्मेदवार चयन गरेर लोकतन्त्रलाई मजबुत बनाउन सक्छन् । मतदाताले पनि दलीय स्वार्थभन्दा माथि उठेर उम्मेदवारको आचरण, योग्यता र कार्यक्षमता मूल्यांकन गरेरमात्र आफ्नो अमूल्य मत प्रदान गर्न आवश्यक छ । यसमा पनि स्वच्छ, सक्षम र उत्तरदायी प्रतिनिधिसभाले नेपालीको सपना साकार पार्न सक्छ । राजनीतिक दल, नागरिक समाज, प्रविधि र मतदाताको सहकार्यले मात्र सफल हुन्छ । विगतका त्रुटिबाट सिक्दै आसन्न प्रतिनिधिसभालगायत भविष्यमा आउने निर्वाचनलाई आदर्श बनाउन सकिन्छ । यसले लोकतन्त्रलाई मजबुत बनाउँछ र राष्ट्रिय विकासको मार्ग प्रशस्त गर्छ । यसका लागि योग्य उम्मेदवार नै देशको भविष्य हो ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक