काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएकामा ध्यानाकर्षण
रास्वपाले फागुनको पहिलो साता वाचापत्र सार्वजनिक गर्ने
धनकुटाका दुई उम्मेदवार जसले आफैँलाई मत हाल्न पाउँदैनन्
राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
‘दलले हेपेका’ महिलाले दिनेछन् चर्चित पुरुष अनुहारलाई टक्कर
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत
प्रतिनिधिसभाको निर्वाचनः १२ बर्षपछि फर्कियो नेकपाको चुनाव चिन्ह
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी






