काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीको तर्फबाट ‘सङ्क्षिप्त घोषणापत्र’ सार्वजनिक गर्दै उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताए ।
“संविधान जारी भएको १० वर्ष पूरा भएको छ । संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ । प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ”, संयोजक दाहालले भने, “यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ ।”
उनले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताए । “आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ”, संयोजक दाहालले भने ।
प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एक लाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ ।
यस्तै, धान, दूध, मासु, तरकारीलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने, आगामी दशकलाई कृषि लगानी दशक घोषणा, सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।
सम्बन्धित समाचार
देशको नेतृत्व असल नहुँदा देशको नेचुरल ब्यूटीलाई बेच्न सकेनौं : प्रभु साह
निवर्तमान कांग्रेस सांसद टोली संसद् पुनःस्थापना सम्बन्धी रिटमा चुनावअघि फैसलाको माग गर्दै सर्वोच्च जाने
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
जागिर छाडेर राजनीतिमा लागेका डा.चौधरी स्पेस बढाउँदै
नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
अर्थतन्त्रलाई आत्मनिर्भर आर्थिक मोडलमा सिफ्ट गरिने
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने






