रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता प्रणय शमशेर राणाले पार्टी परित्याग गरेका छन् । राणाले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई एक पत्र लेख्दै पार्टीको साधारण सदस्यसमेत नरहने जानकारी गराएका हुन् । पार्टीभित्र बेथिति रहेको र मुकदर्शक भएर रहिरहन आफ्नो विवेक र इमानले नदिएका कारण पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको उनले बताएका छन् ।

सही ढंगको आन्तरिक अभ्यास नभएको रास्वपाले सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने दाबी गरेका छन् । राणाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सनका नाममा उम्मेदवार बन्न इच्छुकबाट जम्मा गरिएको ठूलो रकम आर्थिक अपचलन गरिएको समेत आरोप लगाएका छन् ।

पार्टी स्थापना गर्दा रास्वपाले बेथितिको अन्त्य तथा थितिको थालनी गर्ने बाचा गरेको भए पनि त्यसको उल्टो पार्टीभित्र थितिको अन्त्य र बेथितिको थालनी भएका आरोप उनको छ । केन्द्रमा बसेका पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य बेथितिका साझेदार रहेको आरोप पनि राणाले लगाए । राणाले सुशासन, जवाफदेहीता र आर्थिक पारदर्शिता जस्ता विषय पार्टीको नारामा मात्र सीमित रहेको भन्दै अभ्यासमा फिटिक्कै नभएको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग