लोकतान्त्रिक विश्वमा ‘डेट एक्पायर’ हुँदै गएको साम्राज्यवादको आततायी सनसनी डोनाल्ड ट्रम्पले मच्चाउँदै छ । प्राचीनकालीन र मध्यकालीन साम्राज्यवाद र उपनिवेशवादी विस्तारको व्यर्थ पुनर्जगरणमा ट्रम्प सक्रिय छ । साम्राज्यवाद र उपनिवेशवाद लगभगउस्तै हुन् । साम्राज्यवादले उपनिवेश, सैन्य शक्ति र आर्थिक डोमिनेसनमार्फत बाह्य देशमाथि आफ्नो शक्ति र प्रभुत्व जमाउँछ । साम्राज्यवादले बाह्य नक्सामात्र बदल्ने होइन, मनोवैज्ञानिक आतंक पनि मच्चाउँछ । भेनेजुएला आक्रमणपछि उत्तेजित भई आर्कटिक, साइबेरियन, ल्याटिन अमेरीकी, अरबियन क्षेत्र र नाटो राष्ट्रमा आतंकको दुष्प्रयास गरेको छ । ‘अमेरिकन डीम’ तथा ‘अमेरिका फस्ट’ (प्रथम)को अवधारणाको वर्तमान ठेकेदार बनेको छ । नवसाम्राज्यवादको निन्दनीय उन्नायकको सक्रियतामा छ, ट्रम्प । ग्लोबल सम्बन्धमाथि चुनौती खडा गरेर एक्ल्याउँदैै छ, अमेरिकालाई ।
अमेरिकी राष्ट्रपतिकै इतिहासमा सबैभन्दा तानाशाही, क्रुर र आक्रमणकारी देखापरे ट्रम्प । उनको सक्रियतामा भेनेजुयलासहित सम्पूर्णमा गरिएको आतंकित साम्राज्यवादी हमला विश्वभर निन्दनीय छ । खनिज, संसाधन तथा इन्धनका लागि जुनसुकै हत्कण्डा प्रयोग गरेर युद्ध लड्ने अमेरिकी परम्परा नै हो । हालसम्म ८ सयभन्दा बढी देशमा सैन्य अखडा खडा गरिसकेको छ । ७० भन्दा बढी पटक अन्य देशको सत्ता ढाल्ने कुचेष्टा गरिसकेको छ । निरन्तरतामा गत ३ जनवरीमा भेनेजुएलाको स्वाभिमान राष्ट्रपति निकोलस माधुरो र उनको पत्नी सिलिया एडेला फ्लोरेसलाई निवासबाटै क्रुर ढंगले अपहरण गरेर अमेरिका पु-यायो । मादुरोलाई सैन्य कारबाहीमार्फत अपहरण गर्नु आफैंलाई अपहरण गर्नु हो । किनकि भोलिका दिन अरु कोही शक्तिशाली राष्ट्रपतिले उसलाई पनि त्यही गर्न मिल्ने नजिर बसालेको छ । अझै बहुला र सन्की ढंगले अन्य राष्ट्रमाथि आक्रमण गर्ने धम्की दिएर दादागिरी मचाउँदै छ । यतिबेला अमेरिकी साम्राज्यवाद निकै आवेगी बन्दै छ । ‘सूर्य उदाएपछि अस्ताउनपर्छ’ भन्ने ट्रम्पले बुझ्न जरुरी छ । महाशक्ति पनि एउटा ‘क्लाइमेक्स’मा पुगेर पतन हुने इतिहासतर्फ झस्किनु जरुरी छ । अहिले जताततै आक्रमण तीव्र पार्नु साम्राज्यवादी घमण्ड र अतिवादको पतनकै यात्रा हो ।
सन् १८२३ को राष्ट्रपति जेम्स मुन्नोको सिद्धान्तको निर्णायक मार्गमा ट्रम्प अघि बढेको छ । मुन्नोको सिद्धान्त युरोपलाई अमेरिकी महादेशबाट लखेट्नु थियो । ट्रम्पले कोलम्बिया, डेनमार्क, क्यानडा, मेक्सिको, क्युबा आदि राष्ट्रलाई प्रत्यक्ष धम्काउँदै छ । चीन, रूस, उत्तर कोरियासँग शीत युद्ध लड्दै छ । रूसको तेल ट्यांकर कब्जा गर्न पुगेको छ । इरानको आन्तरिक मामलालाई हस्तक्षेप गरेर आक्रमणको धम्की दिँदै छ । सिंगो लेटिन अमेरिकाको दादागिरी बनेको छ । सामरिक महŒवको अधिनायक बन्न खोज्दै छ । आर्कटिक क्षेत्र, नाटो र लेटिनअमेरिकाकै सम्राट बन्ने दुष्प्रयास गर्दै छ । ग्रिनल्यान्डका कब्जा गर्न खोज्दै छ । यसपछि क्यानडा कब्जा गर्ने तयारीमा उन्मत्त देखिन्छ ।
कमजोर र प्राकृतिक धनी राष्ट्रमाथि अनेक आरोप साम्राज्यवादी नियति हो । कसैलाइ केही कसैलाइ केही मिथ्या आरोप भिडाएको हुन्छ । लागूऔषध तस्करी गरेर अमेरिका पु-याएको छ । आतंकवादी गिरोहसँग अमेरिकामा कुकिन पु¥याइने गरिएको छ । यी बहाना र आरोपमा सहिन कक्षबाटै माधुरोको दम्पति उठायो । जो ऐतिहासिक अन्तर्राष्ट्रिय भुल ग¥यो । ‘साम्राज्यवाद आपराधिक आक्रोश’ अमेरिकन एन्टी साम्राज्यवादी लिगको भनाइ सार्थक तुल्यायो । ‘पुँजीको राष्ट्रियकरणले युद्ध संग्रामतिर लिडिङ गर्दछ,’ विचारक निकोलाइ बुखारिनको भनाइ छ । प्राचीन र मध्यकालीन सम्राज्यवादमा भूगोल र राजनीति प्रधान थियो । आधुनिक र ट्रम्प साम्राज्यवादमा आर्थिक साम्राज्य प्रधान छ । ‘पुँजीवादको अन्तिम अवस्था साम्राज्यवाद हो । साम्राज्यवादको विकास पुँजीवादको चरम रूप हो,’ लेनिनको यो भनाइलाई अमेरिकी ट्रम्पवादी साम्राज्यवादले निकै सार्थक तुल्याएको छ । जुनसुकै कमजोर र प्राकृतिक संसाधन र स्रोतका खानी राष्ट्रमाथिको अमेरिकी हस्तक्षेपमा आर्थिक कारण नै हो । माधुरोमाथिको आक्रमण नै त्यही हो । ग्रिनल्यान्डलाइ अमेरिकामा गाभ्ने जबर्जस्ती त्यही हो । क्यानडा कब्जा योजना, चीन, रूस आदिसँगको द्वन्द्वका कारण त्यही हो । अन्य देशलाइ युद्ध गराउनु र हतियार बेच्नु सबै अमेरिकी आर्थिक साम्राज्यवाद हो ।
साम्राज्यवाद र उपनिवेशवादले निकै ‘टेक्निक’ र कलात्मक बुद्धि प्रयोग गरेको हुन्छ । कुनै पनि कमजोर राष्ट्रमाथि उपनिवेश लाद्न वा साम्राज्य खडा गर्नको खातिर दुईखाले हतियार प्रयोग गर्दछ । एउटा नरम र अर्को कडा ।
अमेरिकी राष्ट्रपतिकै इतिहासमा सबैभन्दा तानाशाही, क्रुर र आक्रमणकारी देखापरे ट्रम्प । उनको सक्रियतामा भेनेजुयलासहित सम्पूर्णमा गरिएको आतंकित साम्राज्यवादी हमला विश्वभर निन्दनीय छ । खनिज, संसाधन तथा इन्धनका लागि जुनसुकै हत्कण्डा प्रयोग गरेर युद्ध लड्ने अमेरिकी परम्परा नै हो । हालसम्म ८ सयभन्दा बढी देशमा सैन्य अखडा खडा गरिसकेको छ । ७० भन्दा बढी पटक अन्य देशको सत्ता ढाल्ने कुचेष्टा गरिसकेको छ ।
साम्राज्यवाद तथा उपनिवेशवाद कुनै पनि देशमा सियो भएर पस्छ, हात्ति भएर निस्कन्छ । हरेक गतिविधि आफूअनुकुल गर्दछ । नरम हतियारअन्तर्गत अति चतुर कूटनीति, नीति, तरिका र कौशल्यपूर्ण व्यवहार पर्दछन् । साम्राज्य खडा गर्नु वा उपनिवेशको कब्जामा लिनुअघि धेरै हत्कण्डा प्रयोग गर्दछ । साना र कमजोर राज्यमा प्रवेश गर्न विभिन्न जम्माजाल योजना बुन्छ । त्यहाँकै जनताको हित र देश विकास गरिदिने नाटक गर्छ । जनतालाई फकाउँछ । आर्थिक सहयोगको र विभिन्न अवसरको लोभ देखाउँछ । विभिन्न प्रोजेक्ट लागू गर्छ । सम्बन्धित देशका शासक र जनतालाई फुटाउने भूमिका खेल्छ । क्षेत्रीय तथा इलाका सम्बन्ध भत्काइदिन्छ । ‘फुटाउ र राज गर’को सिद्धान्त भरपुर प्रयोग गर्दछ । दल र शासकलाई भिडाउँछ, खटाउँछ, टुक्र्याउँछ । सकेसम्म आफ्नै अनुकूलको आज्ञाकारी कठपुतली सरकार बनाउँछ । तमाम अफ्रिकी मुलुकमा युरोपियन उपनिवेशवादीराष्ट्रले गरेको उदाहरण छ । सम्बन्धित देशमा व्यापार, धर्ममार्फत र अन्य अन्तरजाल बिछ्यााएर प्रवेश गर्दछ । त्यहाँको प्राकृतिक स्रोत, साधन, इन्धन, धनसम्पत्ति र संसाधनमाथि अनेक दाउपेज लगाउँछ । यो हत्कण्डाबाट उद्देश्य पूरा हुने मेसो नभए अझ अघि बढ्छ । ती कमजोर मुलुकलाई ‘अदर’ (अरु÷पराई)का रूपमा प्रस्तुत गर्दछ । सम्बन्धित राष्ट्रलाई कुरूप, असभ्य, कमजोर आदि ‘प्रोपकाण्ड’ फैलाउँछ । ‘मार्जिनलाइज’ गराइदिने र विश्वसामु गलत देखाउ“दै गलत प्रचार गरिदिन्छ । त्यतिले पनि सफल नभए कर बढी लगाउने, टरीफ वा भन्सार महसुल वृद्धि गर्ने गर्दछ । नाकाबन्दी नै गरिदिन्छ । जो अमेरिकाले हाल विभिन्न युरोपियन नाटो र ग्रिनल्यान्डलगायत इरानमाथि गरिरहेको छ ।
यी हस्तक्षेपकारी अपराधी नरम गतिविधिले सफल नभए अझ कडा कदम चाल्दछ । ती राष्ट्रका भूगोलमा आफ्नो सैन्य अखडा खडा गर्दछ । ती राष्ट्रका सरकार ढाल्ने भूमिका खेल्छ । जो अमेरिकाले अरेबियन, युरोपियन, अफ्रिकन मुलुकमा गर्दै आएको हो र जारी नै छ । अन्तिम घडीमा निर्दयी र अमानवीय दानवीय ढंगले आक्रमणमा उत्रन्छ । आधुनिक, अत्याधुनिक हतियार प्रयोगमा खनिन्छ । अणु, परमाणुयुक्त हतियार, बमबारुद, विस्फोट गराउँछ । विशाल शक्तिशाली र सशक्त आक्रमण चाल्छ । स्थल, हवाई, समुद्री सबै आक्रमणमा उत्रन्छ । मिसाइल, रकेट लन्चर, ड्रोन, युद्धपोत आदि सबैको प्रयोगसहित आतंक मच्चाउँछ । भेनेजुयलापछि अन्य नाटो र ल्याटिन अमेरिकन मुलुकमाथि धम्की दिँदै छ । जतिसुकै शत्तिशाली भए पनि र बाह्य आक्रमणमा अघि बढे पनि आफैंलाइ चुनौती स“गस“गै खडा हुन्छ । ‘हरेक क्रियामा विपरित दिशाबाट त्यहीबराबरको प्रतिक्रिया उत्पन्न हुन्छ,’ न्युटनको तेस्रो नियम निश्चित रूपमा सबैमा लागू हुन्छ । जति क्रियामा डोनाल्ड अघि बढेको छ । त्यति नै आन्तरिक र बाह्य चुनौती छन् ।
आन्तरिक चुनौती
आफ्नै देशमा डोनाल्ड ट्रम्प असफल देखिन्छन् । एसएसआरएसको सर्वेक्षणअनुसार ५८ प्रतिशत अमेरिकीले दोस्रो कार्यकालको पहिलो वर्ष असफल रहेको दाबी गरेका छन् । उनी देशको गलत कार्यमा केन्द्रित भएको बहुमत धारणा छ । ह्वाइटहाउस र सिनेटका लागि हुन गइरहेको आगामी निर्वाचनमा अर्थतन्त्र नै प्रमुख मुद्दा बन्ने छ । अन्य विषयभन्दा लगभग दुई गुणा बढी समस्या अर्थतन्त्रको रहेको अमेरिकी ठम्याइ छ । दुई वर्षदेखि आर्थिक अवस्था खराब बनाएको भन्ने प्रतिशत ५९ प्रतिशत देखिन्छ । उपभोग्य वस्तुको मूल्य घटाउन नसकेको र आर्थिक डामाडोल गरेको तथ्यांक छ । ट्रम्पले देशको हितभन्दा व्यक्तिगत फाइदालाई जोड दिएका छन् । उनले आधा काम पनि गर्न नसकेको आफ्नै रिपब्लिकन दलको आरोप छ । आमनागरिकको चासो नदिएको उनलाई राष्ट्रपतिको पदीय हैसियतमा ‘ठिक छन्’ भन्ने ३५ प्रतिशतमात्र भेटिएको छ ।
भेनेजुएला घट्नाको अमेरिकीले नै विभिन्न सहरमा विरोध प्रदर्शन गरेर चुनौती दिएका छन् । ‘भेनेजुएलामा बम विस्फोट बन्द गर’, ‘तेलका लागि रगत नबगाउ’, ‘युद्ध होइन ट्रम्प चाहिँदैन’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराजुलुस गर्नु ट्रम्प र उनको भेनेजुएला आक्रमणप्रति ठूलो चुनौती हो । उता, आफ्नै राष्ट्रपतिको प्रतिस्पर्धी कमला ह्यारिसले पनि ट्रम्पको आक्रमणको घोर विरोध गरिन् । यसअघि दुईपटक महाअभियोग लगाइएको ट्रम्पलाई विपक्षी डेमोक्रयाट्ले ‘महाअभियोग लगाउने हो कि ?’ भन्ने निकै त्रास छ ।
बाह्य चुनौती
जतिसुकै साम्राज्यवादी, उपनिवेशवादी र हस्तक्षेपकारी सैन्य दादागिरीमा ट्रम्प लागे पनि त्यही चुनौतीको प्रतिक्रिया अन्य सरोकारवाला राष्ट्र र विश्वकै देश र नागरिकबाट पाइरहेको छ । माधुरो घटनाको विश्वभरका देश र राजनीतिक दलबाट निन्दा र भत्र्सना भएको छ । चीन, रूस र उत्तर कोरियालगायतले कडा विरोध गरेका छन् । रूसी तेल ट्यांकर कब्जाको जवाफमा अमेरिकाको समुद्री डकैतीलाई बलियो मिलिटरी जवाफ दिने रूसी कडा चेतावनी आयो । ग्रीनल्यान्डमा ट्रम्पविरुद्ध अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन छ । ‘ग्रीनल्यान्ड बिक्रीका लागि होइन, हामी अमेरिकी हुन चाहँदैनौं’ भन्ने विरोधका प्लेकार्ड बोकेका ग्रीनल्यान्डवासीको कडा आक्रोश थिए । युरोपियन देश अमेरिकाविरुद्ध खडा भई युरोप मिलेर अमेरिकालाई लखेट्ने चेतावनी दिएका छन् । युरोपियन सेना सानै संख्यामा भए पनि ग्रिनल्यान्ड पुग्नु ट्रम्पलाई ठूलो सांकेतिक चुनौती हो । माधरो निकोलसलाई अपहरण गरेर अमेरिका लैजाँदा रूस र चीनले शैन्य आक्रमण गरेन । तथापि, मौन आक्रमण सैन्य प्रदर्शनभन्दा कम महŒवको छैन । सैन्य मुठभेडमा नगई ‘पर्ख र हेर’मा गयो । चीन र रूस मौनता कमजोरी होइन दाउपेच हो । अमेरिकालाई भेनेजोयलाको आर्थिक भग्नावशेष सम्हाल्ने जिम्मामा छाडेका छन् । ३४ बिलियन डलरको ऋण बोकेको अमेरिकाले भेनेजुयलाको तहसनहस अवस्थाको जिम्मा लिँदा अरबौं डलर खर्च गर्नुपर्नेछ । भेनेजुयलाको खाना, स्वास्थ्य, सुरक्षा र पुनर्निर्माण जिम्मा लिनुपर्नेछ । रूस र चीनले ऋण पासोमा फसाइदिने कुटिल चाल अमेरिकालाई नै चुनौती हो । अमेरिकालाई सैन्य रूपमा रोक्नभन्दा आर्थिक रूपमै टाट पल्टिएको अवस्थामा जान दिने चलाखी हो । रूस र चीनले काराकासमा अमेरिकालाई विजयोत्सव मनाउन दिनु निकै चतु-याइँ हो ।
अमेरिकाको आन्तरिक सन्तुलन बिग्रनेगरी समस्याको भड्खारोमा हाल्दिएको हो । यो शक्ति सन्तुलनको निकै चलाखी हो । सि जिङपिङले रूस र चीनको सम्बन्ध सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रूपमा महŒवपूर्ण भनेको छ । जो घुमाउरो चुनौती हो । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट अलग्गिएर विश्वव्यापी सहकार्यबाट टाढिनु आफैंमा चुनौती हो । चीनसँगको व्यापार युद्धमा पनि पराजित छ । गत १६ जनवरीमा चीन र क्यानाडाको वर्षाैं तनावपछि बेइजिङमा प्रारम्भिक व्यापार सहमति भएको छ । विद्युतीय गाडीको ‘ट्यारिफ’ घटाउने, क्यानेडेलीलाई भिषाबिना चीन प्रवेश दिने निर्णय गरेको छ । विगतमा अमेरिकाको सबैभन्दा निकट मानिएको क्यानडा चीनसँग यस्तो सम्झौता गर्नु अमेरिका र ट्रम्प प्रशासनसँग सम्बन्ध बिग्रिएको र निकै चिडिएको पुष्टि हो । यो सम्झौता गरेर अमेरिकालाई कुटनीतिक चुनौती दिएका छन् ।
स्वयं माधुरोसमेत कमजोर होइन । उनले आत्मसमर्पण गरेनन्, स्वाभिमान झुकाएनन् । माधुरोमाथिको आक्रमणको जवाफस्वरुप विश्वबाटै निन्दाको वर्षा भयो । इरान, रूस, चीन, उत्तर कोरिया, टर्कीलगायतका सञ्चारमाध्यमले आलोचनाको चुनौती दिए– सार्वभौम सत्तामाथि नाङ्गो हस्तक्षेप, अन्तर्राष्ट्रिय कानुन उल्लंघन, जंगली कानुन, खराब अध्याय र अधिपत्यको पराकाष्ठ आदि । साम्राज्यवाद पतन हुनुअघि झन् आक्रमक, हतास, उग्र, खतरनाक, हिंसात्मक र अनियन्त्रित हुँदै जान्छ । जब कुटनीति र अन्तर्राष्ट्रिय कानुनमाथि उठेर अर्को सार्वभौम राष्ट्रको जननिर्वाचित नेतृत्वलाई क्रुर ढंगले हटाउने र कब्जा गर्ने गर्छ, त्यो महाशक्ति पतनको संंकेत हो ।
(लेखकको यो निजी विचार हो ।)












