ज्ञानेन्द्रले ६३ दिनमा सके ‘झिँगेदाउ २’को छायांकन

काठमाडौँ । अघिल्लो चलचित्र ‘झिँ गेदाउ’को सफलतापछि ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ । बुधबार राती चितवनमा अन्तिम दृश्य खिच्दै ६३ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको छ । निर्माण युनिट बिहीबार चितवनबाट काठमाडौँ फर्किएको छ ।

गत मंसिरदेखि ६० दिनको सेड्युलमा सुरु गरिएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको निर्देशक देउजाले जानकारी दिए। उनका अनुसार पहिलो भागको सफलतालाई निरन्तरता दिन र दोस्रो भागलाई अझ उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी काम गरिएको हो,‘दर्शकले राम्रो चलचित्र हेर्न पाउनेमा हामी विश्वस्त छौँ,’ निर्देशक देउजाले भने ।

काभ्रेको पनौतीबाट छायांकन सुरु गरिएको यो चलचित्रलाई त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङलगायत स्थानमा खिचिएको छ ।

कपन गढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको यो चलचित्रलाई आगामी वर्षको दसैँमा प्रदर्शन गरिने पनि निर्देशक देउजाले जानकारी गराए । उनका अनुसार चलचित्रको केही दिनमै पोस्ट–प्रोडक्सनको काम सुरु हुने जनाइएको छ ।

चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष् पुरुषलगायत कलाकारको अभिनय रहने छ ।

निर्देशक देउजाकै कथामा निर्माण भएको चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन्। जसमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान