सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि सडक खण्डको लामासोतीमा सुमोले ठक्कर दिँदा आइतबार ८ वर्षिय बालकको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नं. ३ लामसोतीमा सोलुबाट काठमाण्डौतर्फ जाँदै गरेको ना१ज ४६२३ नम्बरको सुमोले सडकमा हिड्दै गरेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का ८ वर्षिय बालक अषिक बयलकोटीलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भिर घाईते भएका बालक वयलकोटीको गोलञ्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । दुर्घटनामा परि घाईते भएका बालकको मृत्यु भएपछि स्थानीयले गोलञ्जोर गाउँपालिका वडा नं. ३ ग्वालटारमा मध्यपहाडी राजमार्ग अवरुद्ध गरेका छन् । सुमो र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)






