सर्लाहीमा सब–इन्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका– १० देवीटोलमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका ३६ वर्षीय प्रमोदकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बेलुका करिब ८ बजे अज्ञात् व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घर अगाडिको प्यासेजमा लडेका उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । सूचनापछि सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति ८ बजेर ३७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।यादव जिल्ला पूर्वाधार विकास कार्यालयमा सब इन्जिनियरका रूपमा कार्यरत थिए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी तथा घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

रेखा थापा ८ वर्षपछि फर्किइन निर्देशनमा