पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेन्डर प्रकाशन र वितरण गर्न नपाइने जनाएको छ।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुन अनुसार नै पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था गरिएको बताए। गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका २०७९ बमोजिम व्यक्ती, संघ-संस्था, प्रकाशक तथा वितरकले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ।

त्यही अनुसार, पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको पन्थीले बताए। उनले बजारमा आउने कतिपय पात्रो तथा क्यालेन्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटी भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको उल्लेख गरे।

पूर्वस्वीकृति लिए नलिएको’bout अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए । समितिलाई स्वीकृतिविना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले बताए ।

उनले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड