हक्कीमा मधेशको जित

काठमाडौं । सोमबारबाट काठमाडौंमा सुरु भएको दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार मधेसले जित हात पारेको छ । मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्दै जित हात पारेको छ । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले समान १–१ गोल गरे ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो । सुदूरपश्चिमका किशोरराज ओझाले २ तथा आयुश शाहले गोल गरे ।

कोशीका सौरव डंगाल र विसु घिमिरेले गोल गरे । महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले । सदुरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो । बन्दना भट्टले निर्णायक गोल गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह