सहारालाई १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । आयोजक सहारा क्लब पोखराले २५ ओै आहा रारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको छ । २०५५ सालमा जन्मिएको सहारा क्लबले निरन्तर सहभागितामा यो दोस्रोपल्ट उपाधि जितेको हो । यसअघि २०७० सालमा १२ औं संस्करणमा मनाङलाई हराउँदै पहिलो उपाधि जितेको थियो।

शनिबार जावलाखेल युथ क्लबलाई ०-२ गोलअन्तरले पराजित गर्दै ऐतिहासिक रजत संस्करण जित्दै नगद १४ लाख हात पारेको छ । १४ वर्षपछि फाइनल खेलेको जावलाखेल उपविजेतामा सीमित हुँदै नगद सात लाख प्राप्त गरेको छ ।

खेलको २५ औं मिनेटमा फरवार्ड मुकुन्दकुमार न्यूरेले सुशील लामाको कर्नर पासमा उत्कृष्ट गोल गर्न सफल भएका हुन्। पहिलो हाफ एक शून्यमा सकिएकोमा दोस्रो हाफमा सहाराका लागि टेई डेनियल बडरूले सुशील लामाकै पासमा ७३ औं मिनेटमा गोल गरेका हुन्। सुशील प्लेयर दि म्याच भए ।

१२ टिमले भाग लिएको प्रतियोगिता गत २७ माघदेखि सुरू भएको हो । सहाराले उद्घाटन खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो । सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो ।

उता, पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जावलाखेलले प्रिक्वाटरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री