सुत्केरीको मृत्युपछि गजेन्द्र अस्पताल तनावग्रस्त

राजविराज । चिकित्सको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि राजविराज स्थित गजेन्द्रनाराण सिंह अस्पताल आईतबार दिनभर तनावग्रस्त भएको छ ।

जसकारण अस्पतालको आकस्मिककक्ष बाहेक अन्य सबै सेवा ठप्प भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमकी २५ बर्षीया सुजन देवी सदालाई शुक्रबार प्रसुती व्यथाले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको शल्यक्रियापछि शिशु निकालिएको थियो । त्यतिबेला आमा र बच्चा दुबै सकुशल रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिलिप साहको भनाई छ । “नवजात शिशुलाई थोरै दिसा भएको देखिएको थियो, शल्यक्रिया गरेर बच्चा निकालेका थियौं, डा. साहले भने–सुरक्षित सुत्केरी गराउँदा पनि भोली पल्ट सुजनले वान्ता गरेको र त्यो श्वासनलीमा अडर्किएपछि दुःखद घट्ना हुन पुग्यो ।”

उनीबाट जन्मिएको शिशु(छोरा) भने सकुशल छन् । उपचारका क्रममा डा. साहको लापरवाहीले सुजनको ज्यान गएको भन्दै मृतका आफन्तले उनी माथि कारबाहीको माग गर्दै विहान ११ बजेदेखि अस्पताल अगाडी धर्ना तथा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले डा. साह माथि कारबाही संगै मृतक परिवारलाई क्षतिपुर्ती तथा घट्नाको छानवीन हुनुपर्ने माग समेत गरेका छन्

आक्रोशित भिड नियन्त्रण गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घट्नाको विषयलाई लिएर पीडित र अस्पतालका प्रतिनिधि राखेर स्थानिय प्रशासनले तनाव साम्य पार्ने प्रयास गरिरहेको छ ।

सुजनको एक बर्ष अघि मात्र छिन्नमस्ता ५ का सन्तोष सदासंग विहे भएको थियो । घरमै सुत्केरी गराउँदा धेरैको मृत्यु हुने गरेको सुनेपछि आफुले छोरीलाई अस्पतालमा ल्याएको बुवा सोधकर सदाले सुनाए । तर, यहाँ त झन जोखिम भयो उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी