काठमाडौं । काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदरवार रञ्जु दर्जना आमा बनेकी छन् । रञ्जुकी चुनावी अभियान्ता सीता पौडेलले फेसबुकमा राखेको स्टाटसअनुसार प्रशव पीडा भएपछि उनी मंगलबार बानेश्वरस्थित निजामति अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल श्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् ।
दुईअघिसम्म मत माग्न घरदैलो अभियानमा रहेकी रञ्जुलाई चिकित्सकहरुले १८ गते अगाडिका प्रसूतिका लागि तयार रहन भनेका थिए । उनले त्यत्तिबेला भनेकी थिइन, ‘डाक्टरहरुले जतिबेला पनि बच्चा जन्मिन सक्छ, तयारी अवस्थामा रहनुस् भन्नुभएको छ ।’ तर उनले १२ गते नै शशुलाई जन्म दिएकी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)






