धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी मंगलवार रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपाको धनगढीस्थित कार्यालयमा रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उम्मेदवार डाक्टर आनन्दबहादुर चन्दले चौधरीलाई माला र खादा ओडाएर पार्टी प्रवेश गराएका हुन् ।
उम्मेदवार चौधरीले रास्वपा र नागरिक उन्मुक्ति नेपालको मुद्दा मिलेकाले रास्वपामा समाहित भएको बताए । उनले रास्वपा र आफूहरूको मुद्दा मेल खाएकाले पार्टीमा समाहित भएको बताए ।
नागरिक उन्मुक्ति नेपालका उम्मेदवार चौधरी २०७९ को चुनावमा कैलाली ५ बाट उम्मेदवार थिए । उनले पाँच हजार मत पाएका थिए । उनले आफूले पाएको मत र समर्थनलाई रास्वपामा समाहित गर्ने बताएका छन् ।
सम्बन्धित समाचार
कञ्चनपुरको ३ वटै क्षेत्रमा आजपा उम्मेदवारको चुनावी भेटघाट एवं छलफल तिब्र
धनगढीमा जारी सीप तथा रोजगार मेलामा बनाइयो विद्युतीय गाडी
सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन
सुदूरपश्चिममा शिशु मृत्युदर सबैभन्दा बढी
कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिए
सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
कैलालीका मतदाता भन्छन्, ‘अब आश्वासन होइन, विकास र रोजगारी चाहियो’






