बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार बास्तोलालाई रिहा गर्न बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश मात्रै जारी गरेको थियो ।

गृह मन्त्रालयसहितका विपक्षीले बास्तोला पक्राउ गर्नुको कारण पेस गरेपछि उनको रिट निवेदनमा फैसला भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

३० जेष्ठ २०८३