फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पाका उम्मेदवारहरूले प्रतिवद्धता सार्वजनिक र घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले पत्रकार सम्मेलन मार्फत आफ्ना प्रतिवद्धता र संकल्प सार्वजनिक गरिरहेका छन् । क्षेत्र नं. १ का नेकपा एमाले उम्मेदवार नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल दत्त श्रेष्ठले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
माथागढीको कसेनीमा प्रतिवद्धता पत्र सार्वजनिक गदै एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यले जनमुखी कानून निर्माण, सुशासनको प्रत्याभूति र प्रभावकारी सेवाप्रवाहलाई सुनिश्चित गदै समुन्नत समाज निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए । नीति तथा विधि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गदै सामाजिक र आर्थिक विकासमा अन्य उम्मेदवारले ल्याएका प्रतिवद्धतालाई निर्वाचन पश्चात कार्यान्वयनमा लैजान अगुवाइ गर्ने उल्लेख गरेका छन् ।

११ बिषय क्षेत्रमा जिल्लाको विकाससँगै जनतासँग जनप्रतिनिधि कार्यक्रम मार्फत जनसुनवाई गर्ने, सार्वजनिक सेवालाई डिजिटल, प्रभावकारी, पारदर्शी, जवाफदेही र उनउत्तरदायी बनाउने बिषय प्रतिवद्धता पत्रमा समेटिएको छ ।
नेपाली काग्रेंसका उम्मेदवार हिमालदत्त श्रेष्ठले तानसेनमा घोषणा पत्र सार्वजनिक गदै कानून निर्माण, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिर्वतनमा पहल गर्ने बताए । उनले तीन तहको सरकार बीच समन्वय गरेर जिल्लाको विकास गर्ने गरी ६ वटा बिषय क्षेत्र भित्र रहेर नीतिगत सुधार र विकास निर्माणको खाका प्रस्तुत गरेका छन् ।
उनले शिक्षा ऐन तत्काल जारी गर्न पहल गर्ने, स्वास्थ्यमा बीमालाई राष्ट्रिय गौरवको आयोजना, कृषिमा जीवन विकासको आधार समृद्धिको पूर्वाधार र पूर्वाधार विकास मेरुदण्ड नै भौतिक पूर्वाधार बनाउने संकल्प अगाडी सारेका छन् । नागरिकका गुनासा र विकासका सुझावहरु सिधै संसदमा पु¥याउन नागरिकसँग जनप्रतिनिधि कार्यक्रम तथा डिजिटल डेक्स सञ्चालन र भ्रष्टाचारमा शुन्य शहनशीलता नीति अवलम्बन गर्ने बिषय पनि उल्लेख गरिएको छ ।
उम्मेदवारहरूले प्रतिवद्धता सार्वजनिक, घरदैलो मार्फत मतदाता भेटघाट र डिजिटल चुनावीलाई प्रचारप्रसार बढी ध्यान दिएका छन् । विगतमा जस्तो माइकिङ, ब्यानरहरू र ठूला आमसभा भने भएका छैनन् ।
सम्बन्धित समाचार
कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, ‘नयाँ’को दबाब
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव
एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक
आज ‘जनयुद्ध’ दिवस, खै माओवादी ?
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक :राष्ट्रपति
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज हुने आयोगको चेतावनी
देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन






