काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्वमा जनयुद्ध सुरु भएको शुक्रबार (आज) ३० वर्ष पुगेको छ । तर, जनयुद्ध सुरु गरेको माओवादीको मूलधारको दलीय पहिचान भने ३०औं वर्षमै आएर सकिएको छ । माओवादीले भन्ने गरेको जनयुद्ध (संविधानले यसलाई शसस्त्र विद्रोह मानेको छ) सुरु गर्दा नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।
प्रचण्ड नेतृत्वको माओवादी विभिन्न पार्टीसँग एकीकरण गर्दै अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भएको छ । तत्कालीन माओवादी विभिन्न समूहमा विभाजित भएर विभिन्न नाममा राजनीतिमा सक्रिय छ । प्रचण्ड संयोजक रहेको नेकपाले ‘जनयुद्ध दिवस’ मनाउने’bout बिहीबारसम्म कुनै कार्यक्रम सार्वजनिक गरेको छैन ।
नेकपाका नेताहरूसमेत ‘जनयुद्ध दिवस’ मनाउने’bout पार्टीले कुनै निर्णय नगरेको बताउँछन् । ‘जनयुद्ध गरेको माओवादी आज छैन । जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड हुनुहुन्छ,’ नेकपाका एकजना नेता भन्छन्, ‘तत्कालीन माओवादी विभिन्न समूहमा विभाजित हँ ुदै गयो । प्रचण्ड नेतृत्वको माओवादी विभिन्न पार्टीसंग एकीकरण गर्दै अहिले नेपाली कम्युनिस्ट पार्टी भएको छ ।
तर यो पार्टीको जनयुद्ध दिवस मनाउने कुनै योजना पनि छैन, निर्णय पनि छैन ।’ २० भन्दा बढी दल र समूहसँग एकता गरेपनि हाल नेकपाको ठूलो हिस्सा ततकालनि माओवादीको छ । तर एमाले हुँदै नेकपा एकीकृत समाजवादीबाट प्रचण्डसँग एकता गरेको माधव नेपाललगायतले नेतृत्व गरेको पार्टीसमेत साथमा भएकाले ‘जनयुद्ध दिवस’ मनाउने विषयमा प्रचण्डले ‘सोच्न र हिम्मत गर्न’ नसकेको पूर्वमाओवादी नेताहरू बताउँछन् । ‘जनयुद्ध दिवस’’bout पार्टीले कुनै कार्यक्रम नगर्दा माओवादी पृष्ठभुमिका नेताहरू असन्तुष्ट छन् ।
उनीहरूले प्रचण्डसहितका नेतालाई विभिन्न आरोप लगाएका छन् । प्रचण्डले जनयुद्ध नै बेचेर खाइसकेको गम्भीर आरोप लगाउँदै नेताहरूले असन्तुष्टि पोखेका छन् । जनयुद्धमा सहभागी एवं नेकपाका नेता देव गुरुङले पार्टी तहबाटै ‘जनयुद्ध दिवस’ मनाउने भन्ने कुनै निर्णय नभएको बताए । २१ फागुनको निर्वाचनमा पार्टी, नेता–कार्यकर्ता सबै तहतप्का लागेकाले पार्टीले ‘जनयुद्ध दिवस’ मनाउने ’boutमा कुनै निर्णय नगरेको उनले बताए ।
‘जनयुद्ध दिवस’bout पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि, चुनावी अभियानसँगै दिवस’ मनाउँछौं,’ गुरुङ भन्छन् ।
१० वर्षे जनयुद्ध हुँदा गर्वसाथ त्यसमा सहभागी नेताले नै ‘जनयुद्ध दिवस’ मनाउन बिर्सेका छन् । यसअघि माओवादीले ‘जनयुद्ध दिवस’मा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको थियो । तर, अहिले ‘जनयुद्ध दिवस’को नेतृत्व गर्ने पार्टी नै नभएकाले ‘जनयुद्ध दिवस’ पनि मनाउन बिर्सिएको हो । नेकपाका अर्का नेता जगन्नाथ खतिवडाले घोषित रूपमा पार्टीको कुनै कार्यक्रम नभएको बताए । पार्टीले अहिलेसम्म कुनै कार्यक्रम गर्ने भन्ने’bout निर्णय नगरेको बताउँदै खतिवडाले राजधानीसँग भने, ‘बिहीबारसम्म नेतृत्व तहबाट कुनै सर्कुलर भएको छैन । के कार्यक्रम, कसरी गर्ने भन्ने’bout निर्देशन आएको छैन ।’
नेकपाका संयोजक प्रचण्डले विभिन्न दलसँग एकता गरेको र शान्ति प्रक्रियामा आएपछि जनयुद्धको दीर्घकालीन रणनीति र लक्ष्य पूरा भइसकेकोजस्ता कारण देखाउँदै पार्टीको नामबाट समेत माओवाद र माओवादी नामेट बनाइसकेका छन् । एकजुट भएको भनिए पनि तात्कालीन जनयुद्ध लडेका नेता प्रचण्डसँग असन्तुष्ट हुँदै विभिन्न दल बनाएर राजनीतिमा सक्रिय छन् ।
तीमध्ये नेत्रविक्रम चन्द विप्लवले मात्र जनयुद्धकालीन पार्टीको नाम र पहिचानलाई निरन्तरता दिएका छन् । विप्लवको अध्यक्षतामा नेकपा (माओवादी) नामको दल निर्वाचन आयोगमा दर्ता छ । उनी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा समेत यही पार्टीको तर्फबाट प्रचण्डसँग अलग भएपछि पहिलोपटक आमचुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
तत्कालीन जनयुद्ध लडेका नेता सिपी गजुरेल महासचिव रहेको क्रानितकारी कम्युनिस्ट पार्टी सक्रिय छ । यो पार्टीले पनि धेरै अघि नै ‘माओवाद र माओवादी’ ट्याग पार्टीको नामबाट हटाइसकेको छ । अर्का नेता धर्मेन्द्र बाँस्तोला महासचिव रहेको नेकपा (बहुमत) पनि माओवादी नामबाट धेरै टाढा पुगिसकेको छ ।
माओवादी जनसरकार प्रमुखसमेत रहेका जनयुद्धकालीन प्रभावशाली नेता डा. बाबुराम भट्टराई, हिसिला यमीलगायतले माओवाद र माओवादी मोह त्यागिसकेका छन् । माओवादी जनयुद्धकालीन कमाण्डर जनार्दश शर्मा, सुदन किरातीलगायत नेताले पनि केही समयअघि मात्रै प्रचण्डबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावी अभियानमा छन् ।






