बागलुङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् ।
बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे ।
सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।
“कांग्रेस एउटा सङ्कल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारण’bout बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उनले भने, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का ’boutमा बुझाउनुहोस् ।”
कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताए ।
सम्बन्धित समाचार
मुगुमा यस्तो छ चुनावी चहलपहल
ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस
रुकुमबाट विकास र समृद्धिको बिगुल फुक्छौं: नेकपा संयोजक प्रचण्ड
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले कसरी गर्दैछन् समन्वय ?
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई छैन सहज
प्रतिस्पर्धामा दुई पूर्वमन्त्री, एमालेका कुशवाह पनि दौडमा






