काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ । ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो ।
आज एक कार्यक्रमका बीच डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गरे ।
नेपाल आँखा अस्पतालले विगतका वर्षहरूमा डोको रिसाइक्लर्ससँगको सहकार्यमा फोहर छुट्याउने प्रणालीलाई सुदृढ बनाई, सुरक्षित विसर्जन अभ्यासहरूलाई सुधार गर्नुका साथै कर्मचारीहरूमा वातावरणीय सचेतना वृद्धि गर्दै आएको छ । जसको फलस्वरुप अस्पतालले समग्र वातावरणीय प्रभावमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
डोको रिसाइक्लर्सको तथ्याङ्कअनुसार, यस अवधिमा नेपाल आँखा अस्पतालबाट विसर्जन भएको कुल २।६६ टन फोहर पुनः प्रयोग हुँदा करिब २८ वटा बराबर रुख संरक्षण भएको छ । साथै, ल्यान्डफिल साइटमा एक हजार १३ घनफिट स्थान बचत भएको र २।२ टन बराबर कार्बन उत्सर्जन कम भएको देखिएको छ ।
आँखा अस्पतालबाट पुनः प्रयोग गर्न सकिने फोहर डोको रिसाइक्लर्सले सङ्कलन गर्दै आएको छ । संस्थाका अनुसार अस्पतालमा फोहर उत्पादन, सङ्कलन र विसर्जन प्रक्रिया वैज्ञानिक तथा निर्धारित मापदण्डअनुसार सञ्चालन हुँदै आएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईँले अस्पतालजन्य फोहर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन संलग्न सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो र यो सम्मान सम्बन्धित सबैको सहकार्यबाट मात्र सम्भव भएको बताए ।
अस्पतालको आव २०८१÷८२ को तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक तीन हजार २७६ ले आकस्मिक सेवा र एक लाख ६४ हजार २९४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
सम्बन्धित समाचार
बनेपा नगर कार्यालय बहुप्राविधिक शिक्षालयमा सार्ने तयारी
काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा
चुनावी घोषणापत्रमा ट्रेड युनियन खारेजीको प्रस्तावप्रति चिन्ता व्यक्त
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
शिक्षा पत्रकार समूहले मनायो २७ औं स्थापना दिवस
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन






