बालेन माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट रहेका प्रहरीले जनाएको छ । उनीले नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ ।

काठमाडौंको डबली चोकबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम