प्रवासबाट कुमारको ‘कम्पनी’ लोकार्पण

काठमाडौं । करिब एक दशकदेखि सिड्नीमा बस्दै आएका साहित्यकार कुमार शर्माले पहिलो उपन्यास ‘कम्पनी’ पाठक माझ ल्याएका छन् । उनको यो कृतिको सिड्नीमा लोकार्पण गरिएको छ ।

ब्ल्याक टाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा साहित्यकार गार्गी शर्मा, ज्ञानु वाकर पौडेल, सानु घिमिरे, सौरभ श्रेष्ठ र लेखक आफैँले संयुक्त रूपमा उपन्यास लोकार्पण गरेका हुन् ।

पुस्तक संवादको संयोजन गरेका सानु घिमिरेले कार्यक्रममा उपन्यासको ’boutमा समीक्षा गरेका थिए । लेखक प्रकाश पन्थी र प्रज्ञा पनेरुले उपन्यासमाथि आफ्ना धारणा राख्दै प्रवासमा रहेर तयार गरिएको यो उपन्यासले नेपाल र प्रवासको जीवनलाई जोडेको बताए । अस्ट्रेलियाको पोस्टल सेवामा कार्यरत शर्माले आफ्ना भोगाइलाई पनि केही मात्रामा उपन्यासमा समेटेको उनीहरूको कथन थियो ।

‘कम्पनी’ उपन्यासको कथा दक्षिण कोरियाको सोल सहरमा आधारित विद्यार्थी र मजदुर जीवनको कथामा केन्द्रित रहे पनि यसले प्रवासमा रहेका नेपालीहरूको अवस्थालाई जनाएको लेखक शर्माले कार्यक्रममा प्रकाश पारे । यो उपन्यास बुक हिल पब्लिकेशनले प्रकाशित गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम