जटहीनाकामा मृत्यु भएका युवकमा कोरोना देखिएन

धनुषा । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता यादवको घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो । उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई रु एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अन्तिम चुनावी अभियानमा ह्यारिस र ट्रम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित