मन्त्री चौलागाईंद्वारा मतदान

काठमाडौं । वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका-५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान मतदान गरेका हुन् ।

मन्त्री चौलागाईंले मतदानपश्चात् लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम