सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा मतगणना सुरु, चारमा रास्वपा, एकमा कांग्रेस अगाडि

धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच निर्वाचन क्षेत्रमा मतदान सुरु भएर प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।

तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । कैलाली ५ मा पनि उसले अग्रता लिएको छ । कैलालीको १ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महताले सुरुवातदेखि नै आग्रता कायम राखेका छन् । यस्तै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर चन्द अगाडि छन् ।

कैलाली क्षेत्र नम्बर १ मा भने नेपाली काग्रेसले अग्रता लिएको छ । कांग्रेसका जनक चौधरीले सुरुवातदेखि अग्रता लिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न