धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १ सय ४४ मत प्राप्त गरेका छन्। धनकुटामा हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नं– १ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ। जहाँ ४ हजार ६० मत गणना हुँदा ३ हजार ७ सय २२ मत सदर र ३ सय ३८ मत बदर भएको छ।
धनकुटामा एक लाख १८ हजार ४ सय २५ मतदाता कायम रहेकामा ६४ हजार ४ सय २५ मत खसेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)






