काठमाडौं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

ऊर्जा क्षेत्रको नेतृत्वका कारण राष्ट्रिय चर्चामा रहेका घिसिङ यसपटक संसदीय प्रतिस्पर्धामा भने सफल हुन सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम