धनकुटामा एमालेको अग्रता

धनकुटा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेले २७ सय मतले अग्रता लिएको छ।सुरूआती गणनामा अग्रता लिएको एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले केही समय श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछि पारेका थिए ।

तर, पछिल्लो समय एमालेका उम्मेदवारले श्रम संस्कृति पार्टीका उम्म्दवारलाई २ हजार ७ सय ५३ मतले पछि पारेका छन्। एमालेका राजेन्द्रले ९ हजार ९ सय ५४ मत ल्याउँदा श्रम संस्कृतिका सानबहादुरले ७ हजार १ सय ९१ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेसका दिनेश राईले ६ हजार १ सय ७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ५ हजार १ सय ९१ र नेकपाका धर्मराज पौडेलले १ हजार १ सय ४५ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ