पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान गरिने

ढाकाका सामग्री अवलोकन गदै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल

पाल्पा । कामदार र कच्चा पदार्थको अभवमा शिथिल बन्दै गएको पाल्पाली ढाका उद्योगलाई पुर्नस्थापना र प्रर्वद्धनलाई बाहिरी लगानी भित्राउन थालिएको छ । पाल्पाली ढाका संघले प्रदेश नं. ५ सरकार, तानसेन नगरपालिका र यूके एड सीप परियोजनाको साझेदारीमा पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान गरिने भएको छ ।

घट्दो उत्पादनलाई बढाएर नेपालकै एक स्वदेशी उत्पादनको पहिचान दिने बनाउन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । झण्डै साढे ४ करोडको परियोजनाले जनशक्ति उत्पादन तालिम, ढाकाको बजारीकरणमा सहयोग, कच्चा पदार्थ व्यवस्थापन र उत्पादन, डिजाइनको विधिकरण, रोजगारी सिर्जनामा पहल गर्ने छ ।

हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ढाका उत्पदानलाई फेसन अनुसार परिर्वतन गदै उत्पादन बृद्धिमा जोड दिने र स्वरोजगार सिर्जना लाग्नु पर्ने बताए । उनले पाल्पाली ढाकाले प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन र नेपाली पहिचानलाई विश्वसम्म चिनाउन महत्वपूर्ण उत्पादन हुने बताए । उनले पाल्पाका व्यवसायीहरु राम्रो गरेर देखाए र यसलाई प्रदेशभरी विस्तार गर्न र स्वदेशमै बस्तुबाट धागो उत्पादन गर्ने विकल्पहरुको खोजी गर्ने बताए ।

२०१५ सालबाट उत्पादन शुरु भएको थियो । हाल जिल्लामा १० वटा उद्योग र २० भन्दा बढी ढाका पसलहरु रहेका छन् । ढाकाको टोपी, आस्कोट, टाई, व्याग, पछ्यौरा साडी, कुर्ता सुरुवाल लगायत समानहरु समेत बन्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका