डोल्पाबाट नेकपाका धनबहादुर बुढा निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर बुढा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार, नेकपाका बुढा ६ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवसिंह ऐडीले १८१ र राप्रपाका हरिप्रसाद डाँगीले ९२ मत पाएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै