प्रहरीले पक्राउ गर्न खोजेपछि गायक बादशाह भूमिगत

मुम्बई । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीहरूको सम्मानको सट्टा उपहास गरेको भन्दै भारतीय ¥यापर–गायक बादशाह अर्थात् (आदित्य प्रतीक सिंह सिसोदिया) यति बेला विवादमा छन् । आफ्नो नयाँ गीतका कारण उनी अहिले तीव्र विवादमा परेका छन् ।

नारीलाई अपमान गरिएको र अश्लीलता फैल्याएको भन्दै बादशाह विरुद्ध एफआईआर दर्ता गरिएको छ । उनको विरुद्ध लुक आउट सर्कुलर जारी गर्ने प्रक्रिया सुरु गरिएको छ । गायक ¥यापर बादशाहलाई प्रहरी समक्ष उपस्थित हुन भनी शनिवार नै सूचना समेत जारी गरिएको छ । प्रहरी टोलीहरूले उनलाई पक्राउ गर्न खोजिरहेका छन् । प्रहरीले ट्विटमा यो कुरा पुष्टि गरेको छ । प्रहरीको खोजीसँगै अहिले बादशाह भूमिगत भएका छन् ।

यसै क्रममा हरियाणा राज्य महिला आयोगकी अध्यक्ष रेणु भाटियाले आइतबार ¥यापर–गायक बादशाह र उनको नयाँ गीतको वरिपरि भएको विवादमा कडा प्रतिक्रिया दिएकी छिन् । उनले गायक बादशाहको कार्य अक्षम्य भएको बताइन् । उनले यो गीतको ’bout सम्पूर्ण विषयको अनुसन्धान गरिने बताएकी छिन् ।

यस विषयमा मिडियासँग कुरा गर्दै अध्यक्ष भाटियाले भनिन्,‘बादशाहले गरेको काम अक्षम्य छ । हरियाणाका छोरीहरूलाई यसरी अपमान गर्नु र उनीहरू विरुद्ध यस्तो अश्लील भाषा प्रयोग गर्नु असहनीय छ । हामीले उनलाई महिला आयोगमा मार्च १३ मा बोलाएका छौं र उनी जसरी पनि उपस्थित हुनुपर्छ । यदि उनले यसबाट बच्ने उपाय जारी राखे भने, हामी उनलाई गीत संगीत क्षेत्रमै काम गर्न दिने छैनौँ ।’

भारतमा धेरै कलाकाहरुले नारी दिवसको अवसरमा नारीहरूको साहस र योगदानको ’boutमा गीत संगीत तथा अन्य सृजनामार्फत प्रस्तुति दिइरहेका छन् । तर नारी दिवसकै संघरमा गायक बादशाहले नारी बिरुद्ध गीत ल्याएर धेरैको मन दुखाएका छन् । सोही कारण उनलाई सख्त कानुनी कारबाही हुनु पर्ने भन्दै हरियाणाका महिलाहरूले महिला आयोगमा उजुरी दिएका हुन् ।

बादशाहले हालै नयाँ गीत टेट्टीरी… बजारमा ल्याएका थिए । जसमा नारीलाई होच्याइएको भन्ने आरोप उनीमाथि लागेको छ । यही गीतका कारण उनी यति बेला विवादमा परेका हुन् । विशेष गरेर भारतीय महिलाहरूले यो गीतको शब्दहरूमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अहिले उनलाई गालीको वर्षा आएको छ । जताततैबाट विरोध भएपछि बाध्य बनेर गायक बादशाहले माफी समेत मागेका छन् ।

शनिवार, बादशाहले एक भिडियोमार्फत आफ्नो नयाँ गीतको शब्दको ’boutमा माफी मागे । सो भिडियोमा उनले भने,‘म आफैँ हरियाणाकी हुँ र मलाई चिन्नेहरूलाई थाहा छ कि मेरो बोली, मेरो खाना बानी, मेरो जीवनशैली र मेरो पहिचान हरियाणाको हो,’ उनले अगाडि भनेका छन्, ‘म हरियाणवी भएका कारण हरियाणाका कुनै पनि बच्चा वा महिलाको ’boutमा मैले कहिल्यै पनि यस्तो कुरा भन्न चाहेको थिइन । मलाई आशा छ कि तपाईँले मलाई हरियाणाको छोरा, आफ्नै छोरा मान्नुहुनेछ र मलाई माफ गर्नु हुनेछ ।’

यसअघि, बादशाहको गीतका केही शब्दहरू र भिडियोमा देखाइएका केही तस्बिरहरूको ’boutमा आपत्ति जनाइएको थियो । उजुरीकर्ताहरूले गीतमा प्रयोग गरिएको भाषा आपत्तिजनक रहेको र यसले महिलाको मर्यादामा चोट पु¥याउने विश्वास गरेको बताएका थिए । उनीहरूले यस विषयमा उजुरी दिँदै प्रहरी र महिला आयोगसँग बादशाहप्रति कारबाहीको माग गरेका छन् ।

आफ्नो ¥याप गीतबाट बेला बेलामा चर्चासँगै विवादमा आउनु बादशाहको परिचय नै बनेको छ । तर महिलालाई अपमान गरेर गीत बनाउँदा यति धेरै विवादमा परिन्छ भनेर उनले सोचेका थिएनन् । उनको गीत अहिलेसम्म प्रतिबन्ध भएको छैन । गीतलाई प्रतिबन्ध गरिनु पर्ने माग भने आइरहेको छ । बादशाह भने यति बेला आफ्नो बचाउको लागि विभिन्न उपाय गर्दै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला