दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने

काठमाडौँ । राजनीतिक विचारले नयाँ शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभ चिन्तक भनेर हास्य अभिनेता एवम् निर्माता दीपकराज गिरी चिनिएका थिए । यहाँसम्म की उनी रास्वपाबाट चुनावमा भाग लिने चर्चा पनि नचलेको हैन । गदौ २४ भदौको आन्दोलनमा अगलागीमा समेत उनको नाम जोडेर विवादमा दीपकलाई तानिएको थियो । तर, यिनै अभिनेताले आफू जहिले पनि सत्ताको विपक्षमा हुने गरेको बताएका छन् ।

मुलुकमा करिब दुई तिहाइ ल्याएर चाँडै नै सरकार बनाउने तयारीमा रास्वपा रहेको बेला कलाकार दीपकराज गिरीले कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा हुनु पर्ने बताएका छन् । मुख्य गरेर यति बेला विभिन्न कलाकारहरुबिच बालेन शाहसँगै खिचेको तस्बिर राखेर शाहसहित रास्वपा सभापति रबी लामिछाने र रास्वपालाई बधाई दिने होडबाजी चलेको छ । यसै क्रममा हास्यव्यंग्य अभिनेता दीपकराजले कलाकार प्रतिपक्ष हुनुपर्छ भनेका हुन् ।

दीपकराजले आफ्नो सामाजिक सञ्जालमा यस्तो भनेका छन्,‘कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको कुरा बोलिदिनु पर्छ, हिजोसम्म त्यही नै गरियो । भोली देखि पनि निस्वार्थ त्यही नै गरिन्छ । चुनाव सकियो, आउनेलाई शुभकामना, जानेलाई धन्यबाद ।’

आफू प्रतिपक्षमा रहे पनि यसरी सरकारमा आउँदै गरेको रास्वपा लाई उनले स्वागत भने गरेका छन् । यस्तै यो चुनाव सफल रूपमा सम्पन्न गरेर सरकारबाट बिदा हुने तयारीमा रहेको सुशीला कार्कीको सरकारलाई पनि उनले धन्यवाद भन्न भ्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,553 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ