दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय

मुस्ताङ । तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय आजदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ ।

यहाँका विद्यालयहरुले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन् ।

मुस्ताङमा हिउँदयाममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन् । त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका