मोदीको पोष्टमा बालेनले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोष्टमा प्रतिक्रिया जनाउँदै उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ प्रगाढ र परिणाममुखी बनाउने दिशामा सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।

कमेन्टमा उनले लेखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

यसैक्रममा उनले भारतले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई पनि बधाई दिएका छन् ।

‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ बालेनले आफ्नो कमेन्टमा लेखेका छन् ।

उनले गरेको कमेन्ट यस्तो छधन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्युनेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।

तपाइको प्रतिक्रिया
(Visited 1,114 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता