रूपान्तरण र नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् दल

काठमाडौं । २१ फागुनको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका परम्परागत दलहरू रूपान्तरण र नेतृत्व हस्तान्तरणका लागि अझै तयार देखिएका छैनन् ।

कार्यकर्ता र विपक्षी मत राख्ने व्यक्ति र समूहले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा दिएको दबाबविपरित दलहरू प्रतिनिधिसभा निर्वाचनमा भएको हारमा नेतृत्व र नीतिको कमजोरी भएको मान्न तयार छैनन् ।

पराजयपछि पहिलो पटक बसेको नेकपा एमाले सचिवालय बैठकले निर्वाचनमा भएको पराजय नीति र नेतृत्वको कारण नभइ जेनजी आन्दोलनका क्रममा भएको गलत प्रचारका कारण भएको निष्कर्ष निकालेको छ ।

सामाजिक सञ्जालमा केन्द्रीय कमिटी भंग गर्ने र नीतिगत पुनरावलोकन गर्ने भन्दै बहस गरिरहेका एमाले सचिव योगेश भट्टराईसमेत शनिवारको सचिवालय बैठकमा यो विषयमा मौन बस्दा नेतृत्व हेरफेरको विषयले प्रवेश नै नपाएको नेताहरू बताउँछन् ।

उता समानुपातिक सांसदको चयनका लागि बैठक बस्नु अगावै कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यले सभापति गगन थापाले नेतृत्व छाड्न नहुने भन्दै लविइङ थालेका छन् ।

विशेष महाधिवेशनको विपक्षमा उभिएको समूहले गगनको विकल्प खोज्न दबाब बढाएपछि बैठक नै नबसी ‘नयाँ कांग्रेस’का नेताहरू नेतृत्वका कारण नभइ विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणमा ढिलाइ हुँदा पराजय भोगेको तर्क गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २५ सय सदस्यीय केन्द्रीय समितिका सदस्यहरूमध्ये अधिकांश वर्तमान नेतृत्व र नीतिका कारण पराजय भोगेको मान्न र भन्न तयार देखिएका छैनन् । दबाब नबढेका कारण पार्टीले अहिलेसम्म निर्वाचन समीक्षा गर्न पार्टीको केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छैन ।

निर्वाचनमा लज्जास्पद पराजय भोगेको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले त नेतृत्वका कारण पराजय भोगेको भन्दै आलोचना गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाउनेसम्मका निर्णय लिएको छ । अध्यक्ष राजेन्द्र लिङदेनको राजीनामा माग्ने नेताहरूलाई धमाधम हटाउन थालेको राप्रपाले पनि चुनावमा पराजयकै कारण नेतृत्वले राजीनामा नदिने रणनीति लिएको छ ।
एक सिटसमेत जित्न नसकेका मधेसवादी दलसमेत नेतृत्व र नीति कमजोर र अलोकप्रिय भएका कारण पराजय भोग्नुपरेको मान्न तयार छैनन् ।

उनीहरू रास्वपाले मधेसी मूलका वालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका कारण मधेसले परम्परागत दल छाडेर रास्वपा रोजेको तर्क गरेर चित्त बुझाइरहेका छन् ।

पुरानालाई दोष दिँदै ‘नयाँ कांग्रेस’

निर्वाचनमा भएको लज्जास्पद पराजयको जिम्मेवारी लिँदै नेतृत्व छोड्नुपर्ने कांग्रेसभित्र बहस जारी छ । पूर्वसभापति शेरबहादुर देउवा निकटका नेताहरूले नेतृत्व छोड्नुपर्ने र पार्टीलाई नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै बहस भइरहेको छ ।

तर ‘नयाँ कांग्रेस’का नेताहरू नेतृत्वका कारण नभइ विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणमा ढिलाइ हुँदा पराजय भोगेको तर्क गरिरहेका छन् ।
सभापति थापा निकटका नेताहरूले पार्टीभित्र नेतृत्व हस्तान्तरणमा ढिलाइ भएको भन्दै नेतृत्वबाट राजीनामा दिन आवश्यक नभएको निष्कर्षमा पुगेको छ । थापा निकटका नेताहरूले सभापति पदबाट राजीनामा नदिन सुझाव दिइरहेका छन् ।

कांग्रेसका ३५ बढी केन्द्रीय सदस्यहरूले सभापति थापालाई भेटेर नेतृत्वबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा सभापति थापासँग भेटघाट गर्न पुगेका नेताहरूले वर्तमान अवस्थामा नेतृत्वबाट पछि नहट्न अनुरोध गरेको बताइएको छ ।

उनीहरूले पार्टीको नेतृत्व निरन्तरता आवश्यक रहेको भन्दै सभापतिलाई पदमै रहन सुझाव दिएका हुन् । सभापति थापासँग भेट गर्न जाने नेताहरूमा जनकराज गिरी, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रमोद गुरागाईँ, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजार लगायत केन्द्रीय समितिका अन्य सदस्यहरू पनि सहभागी रहेका छन् ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा सभापति पदबाट राजीनामा दिनु उपयुक्त नहुने सुझाव दिएको उल्लेख गरिएको छ । तर देउवा निकटका नेताहरूले थापाले सभापति पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

एमाले नेताः लेख्दा आलोचना, बोल्दा तैँ चुप मैँ चुप

एमाले अध्यक्ष केपी शर्मा ओली, पदाधिकारीसहित वरिष्ठ नेताहरू निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नेतृत्व परिवर्तनको बहस सुरु भयो । तर त्यो बहस केही मिडिया, सामाजिक सञ्जालमै सीमित भएको छ । पार्टीको औपचारिक बैठकमा नेतृत्व हस्तान्तरणको एजेन्डा नै बन्न सकेको छैन ।

शनिवार एमाले सचिवालय बैठक बसेको थियो । बैठक एमाले अध्यक्ष ओली निवास भक्तपुरमा बसेको थियो । एमाले अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको निधनपछि शोकको बेला बसेको थियो । बैठकमा ओली पनि सहभागी भए पनि रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसेको उपमहासचिव लेखराज भट्टले जनाएका छन् ।

समानुपातिक सांसद चयन र निर्वाचनको समीक्षा बैठकको एजेन्डा रहेको बताउँदै उनले नेतृत्व परिवर्तनको ’boutमा कुनै छलफल वा एजेन्डा नै नआएको बताए । ‘बैठकमा समानुपातिक सांसद चयन र निर्वाचनको समीक्षा ’boutमा छलफल भयो । सांसद चयनबाहेक समीक्षाको ’boutमा पनि त्यति छलफल भएन । अर्को बैठकमा हुन्छ । नेतृत्व परिवर्तनको ’boutमा कुनै छलफल वा एजेन्डा आएन,’ भट्टले भने ।
एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबिच लैजान नसक्दा आफ्नो पार्टीको जनमत अपेक्षाकृत नभएको समीक्षा गरेको छ । जेनजी आन्दोलनका घटनाक्रमहरू कसरी घटे, त्यहाँ के के भयो ? त्यहाँ पार्टीको भूमिका कस्तो ररहयो र नेतृत्व र पार्टीमाथि जसरी आक्रमण भयो त्यसको यथार्थ कुरो जनताका बिचमा लैजान नसकेको उनले बताए ।

समीक्षा न बैठकको अवस्थामा नेकपा

२५ दलहरू मिलेर बनेको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेकका शीर्ष नेताहरूको लज्जास्पद हार भयो । सहसंयोजक माधवकुमार नेपालसहित वरिष्ठ नेताहरू निर्वाचनमा हार व्यहोरेका छन् ।
२५ सय केन्द्रीय सदस्य रहेको नेकपाले निर्वाचन’boutमा नसमिक्षा गरेको छ । न त बैठक नै बोलाएको छ । २५ सय केन्द्रीय सदस्यहरू जिम्मेवारी नपाएर भौतारिदै गर्दा नेतृत्वले बैठक बोलाएर समीक्षा गर्ने कामबाट भागिरहेको छ । बैठक कहिले बस्ने, निर्वाचनको ’boutमा समीक्षा गर्ने, नेतृत्व परिवर्तनको ’boutमा भइरहेको बहस लगायतका विषयमा नेकपाका केन्द्रीय सदस्यहरू समेत बेखबर छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा अनुशासन आयोगको प्रमुखमा पौडेल