लस एन्जलस । विश्व चलचित्र उद्योगमै प्रतिष्ठित अवार्ड मध्य एक मानिएको एकेडेमी (ओस्कार) अवार्डको ९८औँ संस्करण अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा भव्य रूपमा सम्पन्न भएको छ । सन् २०२५ मा प्रदर्शनमा आएका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई विभिन्न २४ विधामा ओस्कार अवार्ड प्रदान गरिएको हो ।
यस वर्षको ओस्कारमा ‘अन ब्याटल आफ्टर अनोदर’ चलचित्रले सर्वाधिक चलचित्रको अवार्ड जितेको छ । पल थोमस एन्डरसन निर्देशित यो चलचित्रले ‘सर्वोत्कृष्ट चलचित्र’ सहित विभिन्न ६ अवार्ड चुमेको हो । राजनीतिक शक्ति, प्रभाव र मानवीय बिचको तनावपूर्ण मनोविज्ञानलाई प्रस्तुत गरिएको यो चलचित्र सशक्त कथावस्तु, प्रभावशाली अभिनय र युद्धको डरलाग्दो कथाका कारण वर्षकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । ओस्कारमा यो वर्ष उत्कृष्ट चलचित्रको लागि १० वटा चलचित्र मनोनयनमा परेका थिए । प्रतिस्पर्धीमा नौ चलचित्रलाई पछि पार्दै ‘अन ब्याटल आफ्टर अनोदर’ले अवार्ड चुमेको हो ।
यसरी नै ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि ‘अन ब्याटल आफ्टर अनोदर’बाट निर्देशक पल थोमस एन्डरसनले जितेका छन् । चलचित्र ‘अन ब्याटल आफ्टर अनोदर’ कलाकार सेन पेनले ‘सह अभिनेता’ अवार्ड जिते । यही चलचित्रबाट प्राविधिक तर्फ उत्कृष्ट सम्पादनको अवार्ड एन्डी जुर्गेनले हासिल गरे भने ‘वेस्ट कास्टिंग’को अवार्ड क्यासान्ड्रा कुलकुन्डिसले प्राप्त गरे ।
ओस्कार अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘ह्यामनेट’बाट जेसी बकले जितिन् । उत्कृष्ट अभिनेत्रीको लागि जेसीसँगै चलचित्र ‘सोङ सुङ ब्लुकी अभिनेत्री केट हुन्डसनबिच कडा प्रतिस्पर्धा भएको थियो । समारोहमा सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र ‘वेपन्स’बाट एमी माडिगनले प्राप्त गरिन् ।
ओस्कार अवार्ड २०२६ तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सिनर्स’ माइकल बी जोर्डनले प्राप्त गरे । जबकी चलचित्र ‘अन ब्याटल आफ्टर अनोदर’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका लियोनार्दो डिकार्पोले यो अवार्ड जित्न सकेनन् । यो सहित चलचित्र सिनर्सले पनि विभिन्न पाँच ओटा विधामा अवार्ड जितेको छ । निर्देशन विधाको अवार्डमा चुके पनि निर्देशक रायन कुगलरले चलचित्र ‘सिनर्स’बाटै सर्वोत्कृष्ट मौलिक पटकथा विधाको अवार्ड जिते । जबकी उनले यो अवार्ड जित्ने धेरैको अनुमान थिएन । यस्तै चलचित्र ‘सिनर्स’बाटै छायांकन निर्देशक शरद डुराल्ड अर्कापावले ‘सर्वोत्कृष्ट सिनेमाटोग्राफर’को अवार्ड जिते भने यही चलचित्रबाट ‘ओरिजिनल स्कोर’को अवार्ड लुडविग गोरेन्सनले प्राप्त गरे ।
यस पटक अन्तर्राष्ट्रिय चलचित्र तर्फको अवार्ड नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्याल्यु’ले जित्यो । जोआकिमको निर्देशनमा बनेको यो चलचित्र परिवार, स्मृति र मानवीयको भावनात्मक परिमाणमा केन्द्रित कथामा आधारित थियो । परिवारका सदस्यहरू बिचको संयोजन, विगतका सम्झना र वर्तमान जीवनको द्वन्द्वलाई प्रस्तुत गर्ने यो चलचित्र विश्वभरका समीक्षकबाट प्रशंसा पाउन सफल भएको थियो ।
९८औँ संस्करणको ओस्कार अवार्डमा अन्य विधातर्फ सर्वोत्कृष्ट एनिमेटेड लघु चलचित्रको अवार्ड जोन केलीको चलचित्र ‘रिटायरमेन्ट प्लान’ले हासिल ग¥यो भने सर्वोत्कृष्ट लाइभ एक्सन लघु चलचित्रको अवार्ड ‘द सिंगर’ र ‘टु पिपुल एक्सचेन्जिङ साल्भिया’ले संयुक्त रूपमा प्राप्त गरे ।
यस्तै अवार्ड समारोहमा सर्वोत्कृष्ट लघु वृत्तचित्रको अवार्ड ‘पर्फेक्टली अ स्ट्रेनजेनेस’ले पाउँदा सर्वोत्कृष्ट मेकअप तथा हेयर स्टाईलको अवार्ड चलचित्र ‘फ्रैंकन्स्टाइन’ बाट माइक हिल, जोडर्न सेमुअल र क्लियोना फुरेले संयुक्त रूपमा प्राप्त गरे । चलचित्र ‘फ्रैंकन्स्टाइन’बाटै उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड केट हावलेले हासिल गरे । यो चलचित्रले उत्कृष्ट प्रोक्सन डिजाइन गरी तीन विधामा अवार्ड जितेको थियो ।
समारोहमा चलचित्र ‘अवतार, फायर एन्ड एस’बाट सर्वोत्कृष्ट ‘भिजुअल इफेक्ट’को अवार्ड जोय लेट्टेरी, रिचर्ड बेनेहाम, इरिक साइनडोम र डेनियल ’boutटले संयुक्त रूपमा प्राप्त गरे । यस्तै चलचित्र ‘गोल्डेन’बाट विभिन्न कलाकारहरूले सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड प्राप्त गरे । यसरी अभिनेता विधायक, प्रस्तुतका लागि प्रारम्भिक उत्कृष्टता सम्मानका लागि २४धामा उत्कृष्टताको सम्मान गर्ने ९८औँ ओस्कार सम्पन्न भयो । हलिउड, बलिउड देखि विभिन्न देशका चलचित्रकमी समारोहमा रेड कार्पेटमा प्रस्तुत भएका थिए ।






