वृत्तचित्रमा ब्रेन इन्जुरीबाट बाँचेकाहरूको सगरमाथा संघर्ष

काठमाडौँ । यस अघि ‘भाग्यले बाँचेकाहरू’, ‘को हजबेन्ड’ जस्ता अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल वृत्तचित्र बनाएका गणेश पाण्डेले यस पटक नयाँ वृत्तचित्र ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि यो वृत्तचित्र तयार भएको निर्देशक तथा पत्रकार गणेश पाण्डेले राजधानीलाई बताए । उनले केही सञ्चारकर्मीलाई यो बृत्तचित्र ट्रायल सोमा देखाउँदै बृत्तचित्र’bout जानकारी गराएका हुन् ।

बेलायतको स्कटल्यान्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूलाई समेटेर यो वृत्तचित्र तयार गरेको पनि उनले जानकारी गराए । उनीहरूको प्रेरणादायी सगरमाथा बेस क्याम्पसम्मको यात्रामा यो वृत्तचित्र आधारित रहेको छ । पाण्डेका अनुसार, यो वृत्तचित्रले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिनेछ ।

चैतको तेस्रो साताबाट काठमाडौँमा आयोजना हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा यो वृत्तचित्र प्रिमियर गरिने भएको छ । त्यसपछि यो चलचित्रलाई विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउने पनि निर्देशक पाण्डेले जनाए ।

गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा यो वृत्तचित्रमा प्रस्तुत गरिएको छ । चिकित्सकहरुले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने घोषणा गरेका उनीहरूले हार नमानी नेपाल आएर सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेको संघर्ष कथामा यो आधारित छ । उनीहरूको स्कटल्यान्डबाट सुरु भएको यात्रा, काठमाडौँ आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै सगरमाथा बेस क्याम्पतर्फको कठिन यात्रालाई यसमा उतारिएको पनि उनले बताए ।

वृत्तचित्र ‘द एभरेस्ट ड्रीम’’bout उनले भने,‘यात्राका क्रममा उचाइ, थकान र स्वास्थ्यका चुनौती आए पनि उनीहरू एक–अर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास गर्छन् । यात्रामा केही चुनौतीपूर्ण क्षणहरू पनि देखिन्छन् र एक सदस्य केही समय समूहबाट छुट्टिने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था यसमा छ ।’

पाण्डेका अनुसार यस्ता बिरामीहरूले सामूहिक रूपमा सगरमाथा आरोहण गरेको यो पहिलो घटना हो । द लिटिल शेर्पा फाउन्डेसनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र उनका परिवारसहित ७ जना सगरमाथा बेस क्याम्प पुगेको यात्रा विवरण यो वृत्तचित्रमा समेटिएको छ । वृत्तचित्र निर्माणको क्रममा विभिन्न चुनौती सामना गर्दै आफू पनि बेस क्याम्पसम्म पुगेको पनि निर्देशक पाण्डेले बताए । सगरमाथा बेस क्याम्प पुग्दा अक्सिजनको कमी भएपछि उनी आफैँ पनि हेलिकप्टरमार्फत काठमाडौँ फर्किनु परेको थियो ।

यो वृत्तचित्रको कार्यकारी निर्मातामा शारदा गैरे, छायांकारमा सुरेश श्रेष्ठ र नीरज पन्थी, सम्पादकमा ईश्वर कोइराला, पाश्र्व संगीतकारमा जुगल डंगोल र सन्दीप सरदार, न्यारेटरमा कौशल घिमिरे रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार