बेसीशहरका अधिकांश पसल मापदण्ड विपरित

लमजुङ । बजार अनुगमन गर्दा अधिकांश पसलहरू मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । एकीकृत सेवा कार्यालय, लमजुङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालाहरूको सहमागितामा लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा गरिएको बजार अनुगमनमा त्यस्तो तथ्य फेला परेको हो ।

अनुगमनका क्रममा म्याद सकिएका सामग्री फेला परेको, मूल्य सूचि टाँस नगरेको, एउटै पसलबाट खाद्यान्न तथा मदिराजन्य वस्तु समेत विक्रिवितरण गर्ने गरेको, पसलको सफाइमा ध्यान नदिएको, पसलको साइनबोर्ड नटासिएको जस्ता कमजोरी फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि रमाराज खनियाले बताए ।

मिति सकिएको पाँच प्रकारका खाद्य वस्तु फेला परेकोमा तीनवटा जंक फुट, एक पेय पदार्थ र सुजी लगायत रहेको अनुगमन टोलीको नेतृत्व गर्ने एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइनु । उनका अनुसार म्याद सकिएका पाँच प्रकारका सामग्री फेला परेकोमा सबैको पैकेट छेडेर विक्रि गर्न नमिल्ने गरी छाडेर छाडेका छौं । ‘सबै पसललाई १५ दिनभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।’ उनले भनिन्, ‘१९ वटा पसल अनुगमन गरिएकोमा एक, दुई बाहेक अन्य कुनै पनि पसलको अवस्था सन्तोषजनक थिएन ।’

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नायव सुब्बा सागर अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि रमाराज खनिया, पत्रकार महासंघका उपाध्यक्ष बसन्ता भट्ट, जिल्ला प्रहरी कार्यालय तथा लमजुङ उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बजार अनुगमन कार्यलाई निरन्तरता दिने कार्यालयका नीति रहेको एकीकृत सेवा कार्यालय लमजुङको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा