‘धुरन्धर २’ मा रणवीरको पारिश्रमिक ५० करोड

मुम्बई । भारतीय चलचित्र ‘धुरन्धर–२ द रिभेन्ज’ यही बिहीवार ५ चैतबाट विश्वव्यापी रिलिज हुँदै छ । यो चलचित्रको अहिले विश्वभर अग्रिम टिकट बिक्री राम्रोसँग भइरहेको छ । चलचित्र रिलिज अघि नै अग्रिम टिकट बिक्रीमा यसले नयाँ रेकर्ड बनाएको छ ।

आदित्य धरद्वारा निर्देशित यो एक जासुसी–एक्सन थ्रिलर जनराको चलचित्र हो । ट्रेलरमा रणवीर सिंहलाई कराचीको लियारी क्षेत्रमा काम गर्ने गुप्तचर जासुस हमजा अलि मजारीको रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रका कलाकारहरूले कति पारिश्रमिक लिए भन्ने कुरा निर्माण पक्षले यति बेला खुलासा गरेको छ ।

यो चलचित्रमा सबैभन्दा महँगो पारिश्रमिक अभिनेता रणवीर सिंहले लिएका छन् । मुख्य भूमिकामा रहेका उनले हमजा अलि मजारीको चरित्र यसमा निभाएका छन् । रणवीरले यस फिल्मको लागि ५० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । यो उनको अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक हो । दक्षिण भारतमा केही अभिनेताले यो भन्दा महँगो पारिश्रमिक लिने गरे पनि बलिउडमा ५० करोड पारिश्रमिक लिने अभिनेता रणवीर नै भएका छन् ।

यो चलचित्रका अर्का अभिनेता संजय दत्त पनि महत्त्वपूर्ण भूमिकामा छन् । उनी एसपी चौधरी असलमको भूमिकामा छन् । उनले यस चलचित्रको लागि १० करोड लिएको बताइएको छ । उनी रणवीर पछि चलचित्रका दोस्रो महँगो पारिश्रमिक लिने कलाकार हुन् ।

‘धुरन्धर’ मा अभिनेता आर.माधवनको भूमिकाले सबैलाई चकित पारेको थियो । उनी फेरि एक पटक सिक्वेलमा पनि त्यस्तै भूमिकामा छन् । उनी यस चलचित्रमा अजय सन्यालको भूमिकामा छन् । उनले चलचित्रको लागि ९ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

‘धुरन्धर’को क्लाईमेक्समा मृतक देखाइएका अभिनेता अक्षय खन्नाले ‘धुरन्धर २’मा पनि केही फ्ल्यास ब्याक दृश्यहरूमा प्रस्तुत हुँदै छन् । उनले यो विशेष दृष्यहरुका लागि २.५ करोड पारिश्रमिक लिएको निर्माण पक्षको कथन छ ।

‘धुरन्धर २’ मा अभिनेता अर्जुन रामपाल मेजर इकबालको भूमिकामा छन् । उनले यस चलचित्रको लागि १ करोड लिएको निर्माण पक्षको कथन छ । यो चलचित्रकी मुख्य अभिनेत्री सारा अर्जुनले पनि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । यस अघि उनले ‘धुरन्धर’मा निकै कम पारिश्रमिक लिएकी थिइन् । सारा अर्जुनले यसमा रणवीर सिंहकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार