धनगढी । कैलाली धनगढीमा रहेको हिमशिखर सहकारी राष्ट्रिय नियमन प्राधिकरणमा दर्ता भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भएको हो ।
बचत तथा ऋणलाई मुख्य कारोबारको रूपमा सञ्चालन गर्दै आएको उक्त सहकारी संस्था “सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२” को दफा ४ बमोजिम प्राधिकरणमा विधिवत रूपमा दर्ता भएको सो सहकारीले जनाएको छ ।
यस दर्तासँगै सो सहकारी संस्थाले आफ्नो सेवा तथा गतिविधिलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । साथै, सदस्यहरूलाई सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न संस्थालाई थप कानुनी आधार प्राप्त भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)






