गण्डकी प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्य परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखबाट आइतबार (जेठ १८) गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी गण्डकी प्रदेश प्रमुख शेरचनसहित उनका सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलासहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मीहरू गरी ४० जनाको स्वाब संकलन गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका नि. निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्की लगायतको टोलीले परीक्षण गरेको हो ।

यसअघि ११ जेठमा सुरु बर्खे अधिवेशन लक्षित गरी गण्डकी मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, मन्त्री तथा सांसद एवं कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम