होमस्टेमा विकृति भित्रिएको गुनासो

काठमाडौं । स्थानीय प्रकृति र संस्कृतिको संरक्षण गर्दै आर्थीक आम्दानी गर्ने उद्देश्य राखेर नेपालभर होमस्टे (घरबास) संचालित भएका छन् । होमस्टे (घरवास) महासंघ नेपालको अनुसार करिव ६ सय घरमा निजि तथा सामुदायिक रुपमा संचालित होमस्टेहरु महांसघमा आवद्ध छन् । अन्य करिव ६ सय होमस्टेहरु समेत गरेर नेपालमा एक हजार २ सय होमस्टे संचालित रहेका छने । त्यसैगरि महासंघमा आवद्धतासहित नेपालका ७२ जिल्लामा एक हजार पाँच सय घरमा निजि तथा सामुदायिक होमस्टे रहेका छन् ।

तर, पछिल्लो समय शहर नजिकै रहेका होमस्टेहरुमा भने होटलको जस्तो विकृति देखिन थालेकोमा सरोकारवालाहरुले गुनासो गरेका छन् । होमस्टे महासंघ नेपाल तथा नेपाल पर्यटन बोर्ड, दिगो पर्यटन परियोजको सहयोगमा होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधी पुरानो र समय सान्दर्भिक नभएकाले परिमार्जन सहित नयाँ बनाउने तयारी थालिएको छ ।

२०६७ सालमा निर्माण भएको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधी समयअनुसार नभएकाले परिर्वतन गर्न लागिएको महासंघका अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले बताए । अध्यक्ष थारुका अनुसार, मस्यौदालाई अन्तिम रुप दिन पर्यटन बोर्डको हलमा विहिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

१५वर्ष अघि निर्माण भएको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधी पुरानो र समय सान्दर्भिक नभएको महसुस गरि नयाँ मस्यौदा निर्माणका लागि कार्यदल गत पुसमा गठन गरिएको अध्यक्ष थारुले बताए । अध्यक्ष थारुका अनुसार, मस्यौदालाई अन्तिम रुप दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

होमस्टे महासंघका महासचिव कृष्ण लाल चौधरीका अनुसार, कार्यक्रममा होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि मस्यौदा माथि बृहत अन्तरक्रिया गर्नुका साथै सुझावसमेत संकलन गरिएको थियो ।

होमस्टेमा विकृति आयो
नेपालमा होमस्टेको संस्थागत सुरुवात स्याङजा जिल्लाको सिरुवारीबाट भएको होमस्टेका अभियन्ताहरु बताउँछन् । करिव १५ हजार घरपरिवारलाई स्वरोजगार बनाएको होमस्टेमा पछिल्लो समय होटलको जस्तो विकृति भएको अन्तरक्रिमा सहभागीहरुको गुनासो छ ।

सामुदायिक वा निजि होमस्टेले एउटा घरमा पाँच वटासम्म मात्र कोठा राख्न पाउने व्यवस्था भएपनि अनुगमन नहुंदा एउटै घरका २५ वटा कोठामासमेत होमस्टे सञ्चालन गरिएको धरैको भनाई छ । राज्यलाई कर नर्तिने मनशाय भएका केही व्यक्तिले होटल चलाएको भएपनि बोर्डचाहिँ होमस्टेको राखेकाले प्रभावकारी अनुगमन हुनु पर्नेमा जोडदिए ।

ओभरअल डेभलपमेन्ट नेटवर्कका अध्यक्ष तथा होमस्टेका अभियन्ता राजकुमार लामिछानेले घरपरिवारसंग बसेर घरमै फलेका कुरा खाने संस्कृति जिवन्त हुनुपर्ने अहिले होटलको जस्तो परम्परा होमस्टेमा देखिन थालेको छ । “होमस्टे भन्ने वित्तिकै पहिरन, पहिचान, स्वागत, स्थानीय खाना, कलासंस्कृति, कोशेली र विदाई हुनुपर्ने हिजोआज होेटेलको जस्तो कोठा बेच्ने परम्परा केहीमा देखिएको छ, त्यो विकृति हो” लामिछानेले भने ।

होमस्टे महासंघ नेपालका सल्लाहकार एवं मस्यौदा समितिका विज्ञ सदस्य डा आलोक प्रसाईंले मस्यौदामा सामुदायिक होमस्टे स्थापना गर्न पाँच देखि ४५ वटाघरसम्म हुनुपर्ने व्यवस्था राखिएको जानकारी दिए ।

सुझाव र सल्लाहलाई समेटेर मस्यौदा पर्यटन मन्त्रालयमा पठाउने तयारी भइरहेको बताउँदै नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना प्रमुख धर्म दवाडीको भनाई छ । मन्त्रालयले यसै साता छुट्टै कार्यदल बनाएर मस्यौदालाई अन्तिमरुप दिने जानकारी दिए ।

होमस्टे महासंघका कोषाध्यक्ष एवं कार्यविधि निर्माण कार्यदल सदस्य सुरज बास्तोलाले होमस्टेलाई व्यवस्थित र थप प्रभावकारी बनाउँन कार्यविधी परिमार्जन गर्ने क्रममा मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै बागमती प्रदेशका सांसद प्रेम भक्त महर्जनले १५ वर्ष अगाडी बनेको होमस्टे सञ्चालन कार्यविधी परिमार्जन गर्नु अति आवश्यक भएको बताए । प्रभावकारी अनुगमन नहुंदा होमस्टेलाई हेर्ने दृष्टिकोण बदलिने भएकाले अनुगमन बढाएर थप प्रभावकारी बनाउने महर्जनको भनाई छ ।

ग्रामिण पर्यटनको आधार रहेको होमस्टेले स्वरोजगार बनाउने र धर्म संस्कृति जोगाउने कार्य गरेकाले राज्यले उचित ध्यान दिन सकेको खण्डमा नेपालको आर्थीक विकाशमा समेत टेवा पुग्ने अभियन्ताहरुको भनाई छ । यसबाट लोप हुन लागेका नेपाली अन्नवाली, परम्परा, भेषभुषा, रैथाने परिकार, वनजंगल जिवजन्तु संरणमा समेत सहयोग पुग्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध