कर्णालीमा कोरोना संक्रमितको संख्या १०५पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेत र जुम्ला प्रयाेगशालामा शनिवार गरिएकाे परीक्षणमा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । प्रदेशकाे जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएकाे परीक्षणमा दैलेखका १५ जना, कालीकाेटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएकाे छ।

त्यस्तै सुर्खेतमा गरिएकाे परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएकाे महाशाखाले जनाएकाे छ। याे संगै कर्णालीमा संक्रमितकाे संख्या १०५ पुगेकाे छ भने एक जनाकाे मृत्पुु भएकाे छ। पछिल्लाे संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकाेटमा काेराेना संक्रमण फैलिएकाे छ । यसअघि सुर्खेन र दैलेखमा संक्रमण देखिएकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग