धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर

धनगढी । कैलालीको धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा ल्याक्ष्एको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा ‘डीगाउँ’ मा ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले ’ज्येष्ठ नागरिक निःशुल्क चिया घर’ सञ्चालनमा ल्याइएको हो ।

यस चिया घरमा ज्येष्ठ नागरिकहरूले निःशुल्क रूपमा चिया पिउन पाउने मात्र नभई आत्मीय वातावरणमा बसेर समय बिताउने अवसर पनि प्राप्त गर्नेछन् । साथै, यहाँ पत्रपत्रिका र विभिन्न पुस्तकहरू पढ्न पाउने सुविधा उपलब्ध गराइएको छ, जसले उनीहरूको ज्ञानवर्धन तथा मानसिक स्फूर्ति बढाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार यो स्थानलाई केवल चिया पिउने ठाउँमा सीमित नराखी अनुभव आदानप्रदान गर्ने, पुराना सम्झनाहरू साट्ने र सामाजिक सम्बन्ध बलियो बनाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

यस अभियानका सञ्चालक तथा ‘द दरबार स्कुल’का संस्थापक अध्यक्ष पृथ्वी शाहले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूलाई सम्मानसाथ समय बिताउने वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो पहल गरिएको बताए । उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ विस्तार र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए ।

यस पहलले समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयताको भावना अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना