प्रादेशिक अस्पताल कलैया लथालिङ्ग

बारा । प्रादेशिक अस्पताल कलैया लथालिङ्ग अवस्थामा रहेको छ । प्रादेशिक अस्पताल कलैयाले बिरामीको उपचार गर्नको सट्टा आफै बिरामी भएको देखिन्छ । जुन जोगी आए कानै चिरेको भनेझै अस्पताल प्रशासनको लापरवाहीले जनता आर्जित बनेको छ । स्टन्ट गर्न माहिर रहेका प्रादेशिक अस्पताल कलैयाले बिरामीहरूलाई उपचार गर्न नसक्दा बिरामीहरू आर्जित बनेका छन ।

अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट देखि विशेषज्ञ डाक्टरहरू प्राईभेटमा भर पर्ने नितीले अस्पताल लथालिङ्ग भएको नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन ।

नाम मात्रको अस्पताल प्रशासन रहेको सेवाग्राही बताउछन । राजनिति नियुक्तिले अस्पताल भरिभराउ रहे पनि जनताहरू न त प्रभावकारी उपचार पाउन सफल भएका छन , ‘ न त बिरामीहरू समयमा औषधी पाएका छन ।

अस्पताल फोहोरको ढङ्गर भएको छ । बिरामीहरू लामखुट्टेको टोकाइबाट रात काट्ने गरेको बताउछन । दुर्गन्धित शौचालयमा पानी समेत न आएको बिरामीहरूले गुनासो गरेका छन ।

सरसफाइ देखि पर्खाल, एसिमा लाखौ बजेट स्वाहा हुने गरेको छ । गोप्य रुपमा खरिद प्रक्रियाको टेन्डर हुने गरेको छ । टेन्डर गरे पनि औषधी महङ्गो मूल्यमा कम समय भएको ( एक्सपायरी डेट )खरिद गरि बजेट कुमल्याने गरेको आरोप लाग्दा पनि सम्बन्धित निकायको ध्यान हुन नसक्दा अस्पताल प्रशासनको मनोबल बढेको आरोप लाग्ने गरेको छ ।

अस्पतालमा कार्यरत डाक्टर नर्सको मिलिभगतमा बिरामीलाई निजी क्लिनिकमा पठाएको विवादमा अस्पताल प्रशासन तुरुन्त एक्सनमा आई नियमको पालना गर्न उर्दि जारी गरेको छ । अस्पताल अब केही दिन नियम संगत चल्ने जनविश्वास लिईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया