देवतालमा सडक शिलान्यास

बारा । बारामा सडक शिलान्यास गरिएको छ । देवताल गाउँपालिकमा कालोपत्र सडक शिलान्यास गरिएको हो ।

गाउँपालिकमा अध्यक्ष उदय यादव द्वारा वडा नम्बर-२ राधाकृष्ण मन्दिर पिपरपाती देखि देवापुर, झिटकैया चौक सम्मको सडक कालोपत्र गर्ने योजनाको शिलान्यास गरेका हुन । वैदिक मन्त्रको उच्चारण गरि सडक शिलान्यास गरिएको हो ।

सडकको डिजाइन भेक्टर ईन्जिनियरिङ्ग कन्सल्टेन्सी शण्खमुल काठमाडौंले गरेको छ भने भूपेन्द्र कन्स्ट्रक्सन कलैयाले निर्माण गर्ने अध्यक्ष यादवले जानकारी गराएका छन ।

सडक सम्झौता रकम भ्याट र पि एस सहित ४ करोड ३३ लाख १३ हजार २ सय ५८ रुपिया ४० पैसा रहेको उनले बताए । सम्झौता ०८२ माघ २६ गते भएको कालोपत्र सडकको निर्माण सम्पन्न ०८४ माघ २५ गते हुने अध्यक्ष यादवले बताए ।

आफूले आफ्नो कार्यकालमा बिकासका सबैकाम परदर्शी र गुणस्तरीय तरिकाले सम्पन्न गर्ने गरेको अध्यक्ष यादवले प्रतिवद्धता समेत गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी