युट्युबमा चलचित्र साइनो

काठमाडौं । नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र आफ्नो चलचित्र साइनोलाई युट्युबमा रिलिज गरेकी छन् । बोधी एचडी युट्युब च्यानलबाट उनले आफ्नो चलचित्रलाई रिलिज गरेकी हुन् ।

लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र रिलिज गरेको पनि उनले बताइन् । यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो चलचित्रले भने राम्रो तारिफ पाएको थियो । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरवीले लेखेका छन् ।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका अन्य कलाकारहरूको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था