गुल्मी । क्वारेन्टाइनमा बसेका गुल्मीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।
साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । परियार अरू छ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)






