‘हामी तीन भाइ’लाई पाँच दर्जन सो मात्रै

काठमाडौं । बलिउड चलचित्र ‘धुरन्धर २’ले नेपालको बक्स अफिसमा समेत ब्लक बस्टर व्यापार गरेपछि यही शुक्रवारबाट रिलिज हुने नेपाली चलचित्र ‘हामी तीन भाइ’ले चलचित्र घरमा पाँच दर्जन मात्र सो पाएको छ ।

मधुसूदन भट्टराईले निर्देशित यो चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ, सुष्मा निरौलालगायतको अभिनय छ । तीन दाजुभाइको सम्बन्ध र उनीहरूबिचको मनमुटाबलाई यसमा प्रस्तुत गरिएको निर्देशक मधुसुदनले राजधानीलाई बताए ।

शिवम् अधिकारीले लेखेको यो चलचित्रमा शिव ढकालले छायांकन, बनिश शाहले सम्पादन, साप शक्तिले संगीत, कमल राईले नृत्य निर्देशन छ । प्रसिद्धि सिने आट्र्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो