वीरगन्ज । पर्साको वीरगन्जस्थित बालसुधार गृहमा रहेका बाल कैदीबन्दीहरु मध्ये २५ जनालाई नुवाकोट जिल्लामा पठाइएको छ । कानून विपरित विभिन्न हिंसा तथा अपराधमा सम्लग्न भई पुर्पक्षका लागि थुनामा बस्दै आएका तथा कसुरदार बालकैदीबन्दी मध्ये २५ जनालाई नुवाकोट जिल्लास्थित बाल सुधारमा पठाइएको हो ।
गएको फागुन २५ गते उनीहरुलाई नुवाकोट जिल्ला बालसुधार गृहमा स्थानान्तरण गरिएको बाल सुधार गृह वीरगन्जका प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सो मितिमा वीरगन्जस्थित बालसुधार गृह ९१ जना बाल कैदीबन्दी थिए । ’em मध्ये १८ वर्ष पूरा भएका २५ जनालाई नुवाकोट पठाइएको बालसुधार गृह वीरगन्जका प्रमुख काफ्लेको भनाइ छ ।
५० जना मात्र राख्न मिल्ने बाल सुधार गृहमा व्यवस्थापनमा जटिलता भएपछि यहाँ बसेका मध्ये युवा उमेरमा प्रवेश गरेका अर्थात १८ वर्ष माथिका ठूलो संख्यामा एकै पटक नुवाकोट पठाइएको बालसुधार गृह वीरगन्जले जनाएको छ । क्षमताभन्दा निकै बढि बालकैदी बन्दीभएपछि र उमेर बढि भएकाहरुलाई सुरक्षाका दृष्टिकोणले पनि विकल्पका रुपमा पनि बाहिर पठाइएको बालसुधार गृह वीरगन्जले जनाएको छ ।
अर्को सकस
क्षमताभन्दा बढि बाल कैदीबन्दी भएर यहाँका बाहिर पठाएकै भोली पल्ट अर्थात गएको फागुन २६ गते नै भक्तपुरबाट उल्टै त्यो भन्दा बढि अर्थात ३१ जना बाल कैदीबन्दी वीरगन्ज बालसुधार गृहमा पठाएको पाइएको हो ।
यहाँको संख्या घटाउन बाहिर पठाएको अर्को दिनमा नै भक्तपुरबाट थप बाल कैदीबन्दी पठाइए पछि झन यहाँको व्यवस्थापन सकसपूर्ण भएको बालसुधार गृह वीरगन्जको गुनासो छ । त्यसमा पनि गएको चैत १० गते मंगलबार एकजना जजक मुद्दाका एक थपिएपछि अहिले वीरगन्जको बालसुधार गृहमा कुल ९७ जना बालकैदीबन्दीहरु भएको बालसुधार गृह वीरगन्जके जनाएको छ ।
भक्तुपुरको बालसुधार गृहको मर्मत र निर्माण भइसकेपछि पुन त्यहाँका बालकैदीहरु लाने भएको हुँदा तत्काल आपसी समन्वय पनि गरिएको वीरगन्ज बालसुधार गृहका प्रमुख काफ्लेले जनाए ।
सम्बन्धित समाचार
चुनावैपिच्छे मतदान घट्दो, बदर मत बढ्दो
इनिसा विक हत्या प्रकरणः सिआईबीले थाल्यो अनुसन्धान, शव एक सातादेखि अस्पतालमै
एक महिने रोजा (ब्रत) मा ७ बर्षीय बालक
यात्रु बोक्ने अटोमा गाँजा तस्करी, १ महिलासहित २ जना पक्राउ
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
‘जुक्ति’ले बनेको सरकारलाई धारा ७८ को तगारो
एक महिनामा आमाको नामबाट ३३ जनाले लिए नागरिकता
संविधान संशोधनको लागि कांग्रेसले बनायो समिति






