नेपालगञ्ज । नेपालगञ्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैतेदशैको नवमीको दिनमा आफ्नो भाकल पुरा गराउन वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्नेको भिडभाड छ ।
परापूर्वकालदेखि चलेको यस परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन रहेको बताउछन् बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी ।
मुल महन्त योगीले नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको र मन्दिरमा पञ्चबली र बलि पनि परापूर्व कालदेखि नै चढ्ने गरेको बताए ।
बाँके जानकी गाउपालिका वडानं ३ का ५२ वर्षिय बिद्यालाल तमौली हरेक वर्षको चैते दशैको नवमीको दिनमा र बडा दशैको नवमीमा वर्षमा २ पटक निराहार ब्रत बसेर जिब्रो छेड्ने गरेको बताए ।
उनले आज पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गरेको बताए । ‘मैले २० वर्षको उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । वर्षमा २ पटक चैतैदशै र बडा दशैको नवमीको दिनमा छेड््ने गरेको छु’–उनले भने ।
नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पुजा गरि सकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ । यो चैते दशैमा तमौली जस्ता करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गरेका छन् ।
सम्बन्धित समाचार
दाङ पुगेर प्रधान न्यायाधीश राउतले भने– ‘तुलसीपुरबाट उच्च अदालत सर्दैन’
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
सहयोगी मनहरूको पहलमा सुन्दरहरैंचाका शारीरिक अशक्तलाई आफ्नै घर
चैत्र कृष्ण चतुर्दशी: काठमाडौं उपत्यकामा पाहाँचह्रे जात्रा आजदेखि सुरु
माइतीघरको आवाज, जेनजीहरू नारामा, आमा उता रारामा
भोली शनिबार स्यस्यः समाजले १२ औं स्थापना दिवस मनाउँदै






